खडेरीले बाली सुक्यो, किसान चिन्तत

0
890

पाँचथर।

पाँचथरको दक्षिणी भेग तुम्बेवा र कुम्मायक गाउँपालिकामा खडेरीका कारण खाद्यान्न संकट हुने देखिएको छ ।

खेतबारीमा लगाएको बाली जति खडेरीले सखाप बनाएपछि खाद्यान्न संकट हुने अवस्था देखिएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।

दुई गाउँपालिकामध्ये तुम्बेवा गाउँपालिकाका सबै वडामा लगाइएको अन्नबाली नष्ट भएको छ । यस क्षेत्रमा हुने मकै, दलहन अहिले खडेरीका कारण सखाप भएको हो ।

अघिल्लो वर्ष गाउँपालिकाका केही वडामा देखिएको यस्तो खडेरी अहिले गाउँपालिका भर फैलिएको छ । ५ वटा वडा भएको गाउँपालिकामा वडा नम्बर २ को चुहाडे, ढुकुरे लगायतका स्थानमा झन् ठूलो समस्या छ ।

घरपालुवा जनवार नै मर्ने गरी पानीको अभाव भएको यस क्षेत्रमा खेतीबालीमा भएको क्षतिको मूल्यांकन नै हुन सकेको छैन । मकै, बदाम, बोडीलगायतका अन्न तथा सागसब्जी नष्ट भएका छन् । वैशाखको अन्तिम सातादेखि यस क्षेत्रमा वर्षा भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here