मन्टेशरी एसोसिएसनको हाजिरी जवाफ

0
992

सुरुङ्गा।

मन्टेशरी एसोसिएसनझापाको आयोजनामा सुरुङ्गामाजिल्ला स्तरीय हाजिरी जवाफप्रतियोगिता सम्पन्नभएको छ ।

कनकाई उद्योग वाणिज्य संघको सभाहलमाभएको प्रतियोगितामा १५ वटा मन्टेशरी विद्यालयका ४५ जना नानीबाबुहरुको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाकाशिक्षा, युवातथा खेलकुदशाखाकाप्रमुखउपसचिवपीताम्बर गौतमले प्रतियोगिताको उद्घाटन गरेकाथिए ।

प्रमुखअतिथि समेत रहेकागौतमले अति सानो उमेरकाबालबच्चाहरुलाई खेलविधिद्वारा पठनपाठन गराई सानै उमेरदेखि सृजनशीलबनाउन मन्टेशरी विद्यालयहरुले महत्वपूर्ण भूमिका खेलिरहेकोबताए ।सो प्रतियोगिता ३ देखि ५ वर्षभित्रकाविद्यार्थीकावीचमाभएको थियो । प्रतियोगितामालोटस मन्टेशरी विर्तामोड प्रथम, हाम्रो पाठशाला सुरुङ्गाद्वितीय र बाल संसार प्रि–स्कूलविर्तामोड तृतीयभएकाथिए ।

विजयीनानीबाबुलाई ट्रफी, पदकतथा प्रमाणपत्र प्रदानगरिएको हाम्रो पाठशाला सुरुङ्गाकीभाइस प्रिन्सिपलदीक्षा ढकालले जानकारी दिइन् । स्मार्ट इन्टरनेशनल मन्टेशरी फाउण्डेसन सुरुङ्गाका संस्थापकएवम् मन्टेशरी एसोसिएसनकाअध्यक्ष रामकुमार लामाको सभापतित्व र सचिवपदम सुब्बाको स्वागतमन्तव्य रहेको कार्यक्रममाकनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसादचिमरिया, अग्रज साहित्यकार कोमलप्रसादपोखरेल, समाजसेवीबालकृष्ण मैनालीलगायतको आतिथ्य रहेको थियो ।

आउने युगकानक्षत्रका रुपमा रहेका स–सानाबालबच्चाहरुहरुलाई एक अर्कासँग प्रतिष्पर्धा भन्दापनि समान सहभागिताको अवसर दिन मन्टेशरी एसोसिएसनझापाले प्रतियोगिताआयोजना गरेकोमा उक्त कार्यलाई उपस्थित सबैले प्रशंसनीय मानेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here