रोटरी क्लव अफ काँकरभिट्टाको वार्षिक तर्जुमा गोष्ठी

0
544

काँकरभिट्टा।

रोटरी क्लव अफ काँकरभिट्टाको वार्षिक तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।  सन् २०१९—२०२० का अध्यक्ष मोहन निरौलाको सभापतित्व तथा असिष्टेन्ट गर्भनर कुमार गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्लबले गर्ने भावी योजनाका बारेमा छलफल भएको थियो ।

क्लबका विभिन्न विधाका ५ जना संयोजकहरुले आ–आफ्नो भावी कार्ययोजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लब व्यवस्थापन संयोजक सुजन प्रधानले क्लबको सवै आन्तरिक गतिविधिलाई व्यवस्थापन गर्ने, सदस्य विस्तार तथा व्यवस्थापन समितिका संयोजक मेदनीप्रसाद खरेलले थप नयाँ सदस्यहरुको नामावली सार्वजनिक तथा आगामी दिनमा सदस्य विस्तारका लागि क्लबले निभाउनु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । उनले सदस्य शिक्षाको आवश्यकताका बारेमा समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गिरीले खरेलले घोषणा गरेको नयाँ सदस्य क्रमशः दीपेन्द्रराज पाण्डे, जीवन सिलवाल र पेमा तामाङलाई सदस्यता प्रदान गरेका थिए । तामाङ रोट्रयाक्ट काँकरभिट्टाका संस्थापक अध्यक्ष हुन् । नयाँ सदस्यहरुले आफू रोटरीमा आउनुको कारण सुनाएका थिए ।

यसैगरी, जनसम्पर्क समिति तथा प्रचार विभाग संयोजक राधिका गुरुङले आगामी दिनमा रोटरी र समाजवीचको सम्बन्ध अझ समधुर बनाउने र यसका हरेक गतिविधिलाई सञ्चार माध्यममार्फत जनता समक्ष पुर्याउने भावी योजना सुनाइन् । उनले रोटरी क्लब अफ काँकरभिट्टाको मिडिया संयोजकका रुपमा पत्रकार लक्ष्मी उप्रेतीलाई चयन गरिएको बताइन् । सामाजिक सेवा समिति संयोजक दिलीप सुवेदीले यसवर्षमा क्लबले गर्ने सामाजिक गतिविधिका बारेमा चर्चा गरेका थिए । उनले यस क्लबले मेचीनगरस्थित मेची आधारभूत विद्यालयलाई ‘एडप’ गरी हरेक योजना दिने गरी विद्यालयमा खानेपानीको व्यवस्था, कम्प्युटर प्रदान गरेको छ ।

श्रव्य दृश्यमार्फत पठनपाठनलाई सहज र सरल बनाउनका लागि ‘इ लर्निङ प्रोजेक्ट’ मार्फत शिक्षकहरुलाई तालिमको अवसर प्रदान गर्ने बताइएको छ । द रोटरी फाउण्डेशन प्रमुख डाक्टर आनन्दराज खनालले अन्तराष्ट्रिय रोटरी फाउण्डेशनका बारेमा चर्चा गरेका थिए । वित्तीय व्यवस्थापन समितिका संयोजक कमल थापाले क्लबले गर्ने विभिन्न गतिविधिको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संयोजकहरुको प्रस्तुतिपछि सहभागी सदस्यहरुले यी प्रस्ताव सर्वसम्मतिले पारित गरेका थिए ।

सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गिरीले यस संस्थाको भावी योजना प्रशंसा गर्न योग्य रहेको र आगामी दिनमा यस क्लबलाई आफ्नो व्यक्तिगत तथा डिष्ट्रिककातर्फबाट पनि सहयोग गर्ने बताए । कार्यक्रममा क्लबका संरक्षक तथा पूर्व अध्यक्ष गोपाल तामाङले बोलेका थिए ।

रोटरी क्लबको अध्यक्षमा निरौला, प्रेसिडेन्ट इलेक्ट कृष्णकान्त खनिया, प्रेसिडेन्ट नोमिनी रोहितकुमार बुढाथोकी, सचिव उदयकुमार श्रेष्ठ, कोषाध्यक्ष कमल थापा, क्लब व्यवस्थापन संयोजक सुजन प्रधान, सदस्य व्यवस्थापन समिति संयोजक मेदीप्रसाद खरेल, जनसम्पर्क प्रमुख राधिका गुरुङ, सामाजिक सेवा समिति संयोजक दिलीप सुवेदी, द रोटरी फाउण्डेशन प्रमुख डाक्टर आनन्दराज खनाल, सर्जेन्ट एट आर्म गीता आचार्य निर्विरोध चयन भएका छन् ।

रोटरीको अन्तर्राष्ट्रिय मान्यता अनुसार समिति चयन भएको हो । यो समितिको कार्यकाल एकवर्षको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here