तनहुँ,
तनहुँको व्यासनगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको हो ।
स्थानीय संरक्षणमार्फत पर्या–पर्यटन विकास गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्दै समृद्धिमा टेवा पु¥याउने लक्ष्य रहेको भानुभक्त प्राणी उद्यान कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
सामुदायिक वनतर्फ भानुनगरपालिकाको वडा नं ५ र ६ मा पाँच र व्यास नगरपालिकाको वडा नं ११ र १२ मा तीन सामुदायिक वन समेटिएको छ । यसमध्ये पातलडाँडा सामुदायिक वनको ७३ हेक्टर, मान्द्रेकालिका सामुदायिक वनको ७० हेक्टर, पालिङ्ग सामुदायिक वनको ४५ हेक्टर, कोटकालिका सामुदायिक वन ४५ हेक्टर, काली सामुदायिक वन ४२ हेक्टर, आमडाँडा गिद्देवास सामुदायिक वन ४२ हेक्टर, धारापानी घुमाउनेडाँडा सामुदायिक वन २६ हेक्टर र गैह्राथोक सामुदायिक वन १३ हेक्टर क्षेत्रफल रहेको कार्यालयका प्रमुख कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्यानले पाँच कबुलियती वन समेटेको छ । लामीस्वाँरा कबुलियती वनको ७.५ हेक्टर, खहरेपानी कबुलियती वनको ८.५ हेक्टर, खोला नाला, ऐलानी जग्गा तथा राष्ट्रिय वन २३.६४ हेक्टर र निजी आवादी जगगा २९.२६ हेक्टर क्षेत्रफल गरी उद्यानले कूल ४२५ हेक्टर क्षेत्रफल ओगटेको छ ।
उद्यानभित्र विशेषगरी साल, कटुस, चिलाउने र साज वनस्पति जातका रुख रहेका छन् भने वन्यजन्तुतर्फ चितुवा, भालु, रतुवा, स्याल, खरायो, वन बिरालो, बाँदर र सालकलगायतका जनावर छन् । उक्त वन क्षेत्रमा हाल तारबार लगाउने कार्यका साथै भवन निर्माणकार्य तीव्ररूपमा अघि बढाइएकोे कार्यालयले जनाएको छ ।
नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनको रुपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायतका उद्यानको उद्देश्य छन् ।































