अपाङ्गता स्वाबलम्वनद्धारा विभिन्न सामग्री वितरण

0
957

बिर्तामोड।

झापाको बिर्तामोडमा रहेको अपाङ्गता स्वाबलम्वन संस्थाले विभिन्न शारीरि असक्तता भएका ब्यक्तिलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

अपाङ्गता स्वाबलम्वन संस्थाको आयोजना तथा बिर्तामोड नगरपालिको महिला बालकालिका शाखाबाट प्राप्त समुदायमा आधारित पुनस्थापना (सीबीआर) कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिलाई सामग्रही हस्तान्तरण गरिएको जनाइएको छ ।
जसमा एक थान हिवलचियर, एक थान हेयरिङ एड, एक जोडी वैशाकी र चार जनालाई दश हजारका दरले बिउ पुँजी वितरण गरिएको संस्थाका सचिव हरिप्रसाद अधिकारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष दिपक थापाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, अपाङ्गता स्वाबलम्वन संस्थाका सल्लाहकार रुपक खनाल, प्रकाश भट्टराई लगायतले बोलेका थिए । संस्थाका कोषध्यक्ष पदम अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here