विराटनगर।
न्यूजिल्याण्डमा मासिक एक हजार दुई सय ५० डलर तलब पाउने गरी क्यासिनोको सेक्युरिटी गार्डमा जागिर लगाइदिने प्रलोभन देखाएर ९ युवाबाट लाखौं ठगी गरेकोरहस्य खुलेको छ । सुनसरीका दिवाकर तब्दारर भोजपुरका दिनेशराईलेरोजगारीको प्रलोभन देखाएर ठगी गरेको पीडितहरुले बताएका छन् ।
न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा १५ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको भन्दै मोरङर सुनसरीका ९ जना युवाले श्रम तथारोजगार कार्यालयमा उजुरी दिएका छन् । उनीहरुका अनुसार भोजपुर घोडेटारका दिनेशराईसँग मिलेर सुनसरीको दुहबी नगरपालिका–११ का दिवाकर तब्दारले १५ लाख ७० हजार रुपैयाँ ठगी गरेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका–५ का मनभरुकुमार माझी, ग्रामथान–६ का कान्छाकुमार माझी, सत्यनारायण माझी, ग्रामथान–३ का लक्ष्मीकुमार माझी, सुनसरीको दुहबी नगरपालिका–११ कारवीनकुमार चौधरी, आशिष तब्दार, कमलकुमार चौधरी, मोरङको बूढीगंगा गाउँपालिका–४ मुकेश मगर, विराटनगर महानगरपालिका–१९ का जीतेनकुमार माझीले संयुक्त रुपमा उजुुरी दिएका हुन् ।
आफूहरुमध्ये प्रत्येकबाट एक लाख ७० हजार भन्दा धेरैरकम संकलन गरी ठगेको दावी उनीहरुको छ । श्रम तथारोजगार कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलका अनुसार ठगी गर्ने गिरोहमा संलग्न तब्दार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालकोे फार्मेसी सञ्चालक हुन् । ठगीमा पर्ने सबै खेती किसानी गर्ने युवा हुन् । श्रम कार्यालयमा उजुरी गरेको थाहा पाएपछि तब्दार सम्पर्कविहीन बनेको बताइएको छ ।
वैदेशिकरोजगार ऐन २०६४ को दफा १० ले कसैले पनि म्यानपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सोसँग सम्बन्धित काम गर्नरोक लगाएको छ । यदि त्यस्तो काम गरेमा निजलाई सोही ऐन अनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवानार ३ वर्षदेखि ७ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।