तीन खबर : एक दुःखद्, दुई सुखद्


२५ असार २०७६, बुधबार ०६:११ मा प्रकासित
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

चिन्तामणि दाहाल,

Advertisement

शीर्षकको पुष्ट्याईं : 
नेपालमा यस हप्ता तीन वटा खबर गतिलै ढंगले छाएका छन् । तीन खबर मध्ये एउटा खबर दुःखद् छ भने अन्य दुई खबर सुखद् छन् । राजनीतिक ढंगले भन्ने हो भने सुखद् खबरको बहुमत छ मात्र होइन, दुई तिहाइकै बहुमत छ अहिलेको ओली सरकार जस्तै । तर, एउटै दुःखद् खबरले सारा नेपालीलाई पीडासँगै खतरा पनि देखाएको छ । त्यसैले दुःखको मापनबाट एउटै खबर शतप्रतिशत बहुमतमा छ ।

पंक्तिकारको मनमष्तिष्कमा सोमबार बिहानै यी तीन खबरले झकझक्यायो । दुःखद् खबरले माथिंगल नै हल्लाएको बेला आएका दुई सुखद् खबरले भने सान्त्वना दिए । तीन वटै खबर राजनीतिक प्रकृतिका भए पनि दुःखद् खबर राजनीतिसँग स्वास्थ्य पनि जोडिएको छ । पहिला सुखद् खबरबाटै अघि बढौं ।

एक, अहिलेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुबीच मिलेर जाने सहमति भएपछि हिजो करिब छ घण्टा ढिलो गरी बैठक प्रारम्भ भयो र बैठकमा रमेश लेखकले छलफलका लागि १४ वटा एजेण्डा पेश गरे । अर्को बैठक असार २७ गते बस्ने भएको छ ।

दुई, नेकपाका दुई अध्यक्ष पहिला अध्यक्ष केपी शर्मा ओली जो प्रधानमन्त्री पनि हुनुहुन्छ र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जो पूर्व प्रधानमन्त्री हुनुहुन्छ का बीचमा राजनीतिक दस्तावेज छापेर सार्वजनिक गर्ने सहमति भएको छ ।
दुखद् खबर के भने नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी नेपाल प्रवेश गर्ने नाकाहरुमा नै नेपाल आउन लागेका फलफूल र तरकारीमा विषादीको मात्रा खान योग्य छ छैन भनेर जाँच्ने भनिएको थियो र गत हप्ता यस कामको थालनी पनि भयो ।

तर, चार दिन भारतीय तरकारी नेपाल भित्रिन नपाएपछि हंगामा भयो अनि सरकारले छ महिनाका लागि चेकजाँच स्थगन गर्ने निर्णय ग¥यो । आम नेपाली र नेपाल आउने सबै पाहुनाहरुको स्वास्थ्यमा नराम्रो असर गर्ने विषादी तरकारी र फलपूmल रोक्न गरिएको प्रयासमा तुषारापात भयो । यसको कारण र अन्य कुरा यही आलेखमा पछि आउने नै छ ।

तीन खबरका तीन ब्याख्या :

१) शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि कांग्रेसको अद्योगति शुरु भयो भन्नेहरु कै विश्लेषणमा पंक्तिकार पनि धेरै सहमत छ । त्यत्रो आम निर्वाचनमा पराजय भोगेर पनि नैतिक जिम्मेवारी लिन नचाहने अध्यक्ष भएको बेला पार्टीको अद्योगति हुने नै भयो ।

त्यसमाथि देश संघीयतामा गइसकेर स्थानीय र प्रदेशको संरचनाले पहिलेको पार्टी संगठनलाई भताभुंग बनाएको अवस्थामा नयाँ संरचना अनुसार संगठनलाई पनि अस्थायीरुपमै भए पनि बनाउँ भन्दा पनि नमानेर अड्काउने काम गर्ने अध्यक्ष भएका बेला पार्टीको अधोगति हुने नै भयो ।

त्यसो नगर्ने हो भने १४औं महाधिवेशन गरेर संगठनलाई चुस्तदुरुस्त बनाएर लैजाउँ भन्दा अरु एक बर्ष थपेर भए पनि आफू अध्यक्ष ररिहने उत्कट इच्छा देखिएपछि पार्टीको गति उँधो लाग्ने नै भयो । तर, आइतबार बोलाएको बैठक बोलाएको सहमतिका लागि भएको रस्साकस्सीका कारण समयभन्दा करिब छ घण्टा ढिलो गरी बसे पनि त्यसमा प्रस्तुत १४ वटा एजेण्डाले (त्यही अनुसार पारित भयो भने) अब पार्टीको अग्रगति शुरु भएको हो कि भनेर यस खबरलाई पंक्तिकारले सुखद् भनेको हो ।

सार्वजनिक भएको जानकारी अनुसार महाधिवेशन गर्नुअघि पार्टीको अस्थायी संरचना, अहिलेको संघीय ढाँचा र स्थानीय तहकै पुनर्संरचना अनुसार बनाउने र सकेसम्म महाधिवेशन तोकिएको समयावधिभित्र गर्ने भनिएको छ । यही कुरा सभापति देउवाले पहिल्यै मानेको भए अहिलेसम्म देशैभर पार्टीको बलियो संगठन तयार भई उसले आप्mनो संगठनलाई बलियो बनाउँदै प्रमुख प्रतिपक्षीको भूमिका पनि प्रभावकारी बनाउने थियो ।

२) एमाले र नेकपा माओवादीको प्रचण्ड खेमाबीच एकीकरण भएपछि दुबै पार्टीका अध्यक्षले आफू अध्यक्ष बन्ने प्रस्ताव ल्याएर टसको मस नभपछि दुबै जना एकीकृत पार्टी नेकपाको अध्यक्ष भए । समाचार लेख्दादेखि पाठकलाई अनि सर्वसाधारणदेखि पार्टी कै कार्यकर्ताका लागि पनि दुई अध्यक्ष भएको कुराले अप्ठेरो पारेको छ । तर, उनीहरुले अप्ठेरो मानेका छैनन् ।

त्यसमाथि पार्टीका इञ्चार्ज र सह–इञ्चार्ज तोक्ने विषयमा आएर एक व्यक्ति एक पदको अव्यवहारिक पाटोलाई उठाएपछि सहमति हुन नसकिरहेको अवस्थामा राजनीतिक दस्तावेज प्रकाशित गर्ने भन्ने खबरले पार्टीका आम कार्यकर्ता र स्थीर सरकार चाहने हामी आमनेपालीहरुलाई खुशी दियो ।

एकीकरण भएकै समयमा जनताको बहुदलीय जनवाद भनेको जनताको जनवाद नै हो भन्ने मानिएको हो । यसै सैद्धान्तिक धरातलमै उभिएर राजनीतिक दस्तावेज तयार भयो । त्यस दस्तावेजमा विवाद भएपछि मिलाएर ल्याउने जिम्मा दुई अध्यक्षलाई दिएकोमा १३ महिनादेखि त्यसमा दुई अध्यक्षकै बीचमा पनि सहमति हुन सकेको थिएन । तर, आइतबार दुबै अध्यक्षबीचको छलफलमा जबज नराख्ने भन्ने भएपछि सहमति भएको कुरा सार्वजनिक भएको छ । यस खबरबाट नेकपा फुटोस भन्नेहरुका लागि दुुखद् भए पनि लोकतन्त्रको सुदृढीकरणका लागि दल बलिया हुनु सुखद् पक्ष हो । यस मानेमा पंक्तिकारले यस खबरलाई सुखद् मानेको हो ।

३) अब दुखद् खबरको चर्चा गरौं । देशलाई विषादीमुक्त बनाउनु मानव स्वास्थ्य मात्र होइन, यस देशभित्र विचरण गर्ने सबै चराचर जगतका सबै प्राणी र वनस्पतिका लागि पनि सुखद् हो । तर, त्यस विपरीत नेपाल प्रवेश गर्ने फलफूल र तर्कारीमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी छ÷छैन भनेर जाँच्ने निर्णयका साथै जाँच्न शुरु गरेको अवस्थामा हठात भारतीय पक्षको दबाबमा छ महिनाका लागि रोक्ने सरकारको निर्णयले सबैलाई दुःखित बनायो ।

क) यसबाट ओली सरकारमा राष्ट्रियता कमजोर छ र मानव स्वास्थ्यप्रति उ गम्भीर छैन भन्ने देखियो ।
ख) भारतको नाकाबन्दीको घोर विरोध गरी उग्रराष्ट्रवादी नारा दिएर जनमत पाएको ओली सरकारको अहिलेको पुच्छर लुकाईले, चुनावताकाको भारतको विरोध देखावटी छ भन्ने बुझ्न समस्या भएन ।
ग) तेस्रो राजपत्रमा फलानो मितिदेखि नाकामा फलफूल र तर्कारीको विषादिको मात्रा परीक्षण गर्ने निर्णय गरिसकेपछि त्यस अनुसारको तयारी र व्यवस्थापन त्यो मिति भन्दा अगावै गरिसक्नुपर्ने थियो । त्यो नगरेर कार्यान्वयन शुरु गर्ने अनि अहिले आएर तयारी भएन भनेर पछि हट्नुलाई ओली सरकार हचुवाको भरमा काम गर्दैछ र जनतामा एकपछि अर्को भ्रम छरिरहेको छ भन्ने आम जनताको बुझाई रह्यो ।

घ) त्यसमाथि एकपटक फेरि प्रधानमन्त्री ओलीले जनतालाई ढाँटेका छन् । भारतले पत्र पठाएपछि सरकार विषादी जाँच्ने कार्यबाट पछि हटेको थियो । तर, प्रधानमन्त्रीले पत्र आएकै छैन भने । जब कि असार १४ गते नेपालस्थित भारतीय दुतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । त्यो पत्र सार्वजनिक पनि भएको छ ।

ङ) नाकामा विषादीको मात्रा परीक्षण गर्ने काम संघीय सरकारले प्रदेश सरकारलाई दिएको भए अहिलेको अवस्था आउने थिएन । यसको उदाहरण १ नम्बर प्रदेश सरकारले दिएको छ । उसले सोमबारदेखि नाकामै विषादीको मात्रा परीक्षण शुरु गरेको छ । केन्द्रले अझै पनि आफैं हावी हुने अरु त केही होइनन् भन्ने सोच नबदलेकोले यस्तो भएको पाइयो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्