सांसदले गृहमन्त्रीसँग भोजपुर भिडन्तको जवाफ मागे

२५ असार २०७६, बुधबार मा प्रकाशित

काठमाडौं,

भोजपुरमा भएको भिडन्त र मृत्युको  विषय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ।

कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्। उनले प्रश्न गरिन्, ‘यो संवेदनशील विषय हो।

सुरक्षा व्यवस्था के भइरहेको छ? भोजपुरमा भिडन्त भयो र मान्छेको मृत्यु भएको कुरा उठेको छ, वास्तविकता के हो?’ समितिमा गृहमन्त्री थापा, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक खनाललगायत सुरक्षा अधिकारीको उपस्थिति छ।

समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको छ।

बुधबार बिहान भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here