बिर्तामोड।
बिर्तामोडस्थित आर्दश शिशु इंलिस स्कूल (एमिटी)का प्रिन्सिपल सीताराम ढकालको मंगोलियमा मृत्यु भएको छ । चीनको भ्रमणमा रहेका उनको ह्रदयघातका कारण मंगलवार मंगोलियाको उलन्बटोरमा निधन भएको हो ।
विगत लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका थिए ।
ढकालका श्रीमती सरस्वती सहित दुई छोरी सृष्टि र सुसान्त छन् भने छोरा श्रीशान्त छन् ।
ढकाल १० दिन अघि चीन भ्रमणका लागि घरबाट हिँडेका थिए । स्प्रेन्टो नामक संस्था मार्फत चीन घुम्न गएका उनी चीनको भ्रमण सकेर भान्जा भरत घिमिरेसहित ६ जनाको टोली ६ तारिक मंगोलिया प्रस्थान गरेको थियो ।
rest in place