भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

२५ असार २०७६, बुधबार मा प्रकाशित

एजेन्सी ।

भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो।

मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्‍न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी छँदा १८ रनले पराजित भयो। मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दा गर्दै बर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ बुधबार खेलाइएको हो।

न्युजिल्यान्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारत बुधबार जवाफका लागि उत्रेको हो। बुधबार न्युजिल्यान्डले ४६।१ ओभरमा ५ विकेट गुमाएको अवस्थामा २११ रनबाट अगाडि खेल्दै अन्तिम २३ बलमा २८ रन बनाएर भारतलाई २४० रनको लक्ष्य दिएको थियो।

भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ७७ रनको पारी खेले। टप अर्डरका ब्याट्सम्यान एक एक रनमा आउट भएको अवस्थामा अन्तिमक्रममा आएका उनले भारतीय पारी उकासे। उनले चार चौकासहित ५९ बलमा ७७ रनको गतिलो स्कोर खेले।

त्यसपछि महेन्द्रसिंह धोनीले ७२ बलमा अर्धसतकीय पारी खेले। रिसभ पन्त र हार्दिक पन्ड्याले समान ३२(३२ रनको योगदान दिए। चौथो क्रमका रिशबले ५६ बलमा ३२ रन बनाएर आउट भए। उनको पारीमा चार चौका पनि हाने।

नौ वर्षयता भारतका टप अर्डरका ब्याट्म्यानले सबैभन्दा खराब प्रदर्शन गरेको खेलमा ओपनरहरु केएल राहुल, रोहित शर्मा र कप्तान विराट कोहली एक एक रनको व्यक्तिगत स्कोरमा आउट भए । भारतका लागि राहुलले ७ बलमा १ रन, रोहित शर्माले ४ बलमा १ रन र विराटले ६ बलमा १ रन बनाउँदै पेभेलियन फर्किए।

त्यसपछि आएका व्याट्सम्यानले पनि गतिलो खेल्न सकेनन्। त्यसैगरी दिनेश कार्थिकले २५ बलमा ६ रन बनाए । उनले एक चौका पनि हानेका थिए । यसअघि मंगलबार वर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ अनुसार सो खेल आज खेलाइएको हो।

म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा वर्षा भएपछि न्युजिल्याण्डको इनिङ्स पुरा गर्न पाएको थिएन। खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो।

न्युजिल्याण्डका रोस टेलरले ९० बलमा ७४ रन बनाए। टेलरले करियरको ५० औ अर्धशतक प्रहार गरे। यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए। यसअघि केन विलियम्स ६७ रन बनाएर युजभेन्द्र चहलको बलमा जडेजाबाट म्याच आउट भएका थिए। विलियम्सले टेलरसँग मिलेर तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए।–थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here