प्रदेश सरकारको सहयोगमा झापामा प्रहरी भवन निर्माण हुने

0
1104

बिर्तामोड ।

झापाका दुई वटा प्रहरी कार्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेश सरकारको लगानीमा इलाका प्रहरी कार्यालय घैलाडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको भवन निर्माण हुने भएका हुन ।

छुट्टा – छुट्टै कार्यक्रमकाबीच निर्माण हुन लागेका भवनको आज १ नम्वर प्रहरी प्रदेश कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञावालीले शिलन्यास गर्नुभयो ।

२०४४ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाको भवन पुरानो हुँदा प्रहरीलाई बस्न समस्या भएपछि स्थानीयले नयाँ भवन निर्माणका लागि माग गरेका थिए ।

यता झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा पर्ने इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी भवन पुरानो र जीर्ण हुँदा वर्षादको समयमा पानी चुहिएर प्रहरीलाई बस्न नै समस्या भएपछि प्रदेश सरकारलेले नै भवन निर्माणका लागि रमक प्रदान गरेसंगै सो कार्यालयको समेत भवन निर्माण हुन लागेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाको भवन दुई करोड ६ लाख ६३ हजार र इलाका प्रहरी कार्यालय कुमरखोदको भवन ८ लाख रुपैयाँमा निर्माण हुन लागेको हो ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाको भवन शिलन्यास कार्यालयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दीनेशराज मैनाली,क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक भीमवहादुर दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, कनकाई नगरपालिका वडा नम्वर ९ का अध्यक्ष प्रेम राजवंशी, आर्दश विद्यामन्दिर घैलाडुब्बाका प्रधानाध्यापक धर्मानन्द निरौला लगायतले बोल्नुभएको थियो ।

यसैबीच जग्गा दाता पार्वती राजवंशी र उमादेवी राजवंशीलाई सम्मान गरिएको थियो । प्रदेश सरकारको लगानीमा झापामा यो वर्ष चारवटा प्रहरी भवन निर्माण हुन लागेका हुन् । एक करोड ४४ लाख ९१ ह्जार ५ सय ९४ रुपैयाँको लागतमा केचना प्रहरी चौकी र एक करोड ११ लाख ५३ हजार २ रुपैयाँको लागतमा कोहभरा प्रहरी चौकी निर्माण हुन लागेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here