चार्जमा राखिएको मोबाइल छुँदा करेन्ट लागेर बालकको मृत्यु

२६ असार २०७६, बिहीबार मा प्रकाशित

भद्रपुर

झापाको गौरदाहमा करेन्ट लागेर एक बालकको बिहीबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरा दह नगरपालिका ८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दैआएका ६ वर्षीय रोशन महतो रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीकाअनुसार कोठाभित्र चार्ज गर्न राखिएको मोबाइल फोन छुँदा उनलाई करेन्ट लागेको हो ।

 ‘भिजेको हातले चार्जमा राखिएको मोबाइल फोन छुँदा घटना हुन पुग्यो, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने ।उनका अनुसार रतुवामाई १ का गोल्छा महतोका ६ वर्षीय छोरो रोशन मामा सं जित महत्तोको घरमै बसेर स्थानीय ज्ञानोदय माविमाकक्षा एलकेजीमा अध्ययनरत थिए ।

 यता इलाका प्रहरी कार्यालय गौरीगञ्जले कानुनी प्रक्रिया पुरा गरी बालकको शवलाईपोस्टमार्टमका लागि अस्पताल पठाएको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here