उर्लाबारीमा मावा खोलाले बगाएकी महिलाको उद्धार


२६ असार २०७६, बिहीबार १३:४४ मा प्रकासित
  • 16
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

उर्लाबारी,

Advertisement

मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।
आज दिउँसो उर्लाबारी र दमक नगरपालिकाको सिमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षिया सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो ।

खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीबासीले उद्धार गरेका हुन् ।

खोलाले बगाएर एक किलोमिटरभन्दा तल पुर्‍याएपछि उर्लाबारी–७ बाट महिलाको उद्धार गरिएको प्रहरी निरीक्षक तिमल्सिनाको बताए।  घाईते महिलाको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।-देशको न्यूजबाट

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्