चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति

२७ असार २०७६, शुक्रबार मा प्रकाशित

काठमाडौँ,

चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ ।

नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले  काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिनुभयो ।

सहमतिपछि परिसरमा पत्रकारसँग कुरा गर्दै नायिका पोखरेलले भन्नुभयो, “मलाई जे प¥यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।”

पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा माग्नुभएको बताउनुभयो । चलचित्र निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभए पनि यसमा मेलमिलाप भइसकेकोे जानकारी दिनुभयो ।

‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकामा ल्याउनुभएको थियो । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गर्नु भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here