बजार ‘क्यासलेस’ बन्दै ! बिर्तामोड अब शनिबार बन्द

0
1111

बिर्तामोड।

सरकारले पछिल्लो समय अनलाइनको माध्यमबाट कारोबार गर्न आग्रह गरिरहेका बेला झापाका ब्यवसायीले बिर्तामोड पनि क्यासलेसतर्फ उन्मुख भएको बताएका छन् ।

विश्वभरका देशले क्यासलेस ट्रान्जिक्सनलाई बढावा दिइरहेका बेला सरकारले पनि क्यासलेस गर्दै आर्थिक कारोबार बैंकमार्फत गर्न अनिवार्य गरेको छ । बैंकमार्फत भुक्तानी गर्दा करछली कम हुने अर्थमन्त्री डा.युवराज खतिवडाको भनाइ छ । यो संँगै बिर्तामोडका व्यवसायीले पनि कारोवारलाई क्यासलेस बनाउन शुरु गरेका हुन् ।

पछिल्लो समय नेपाल पनि क्यासलेस कारोबारमा जान खोजिरहेको ब्यवसायीको भनाइ छ । कार्ड, मोबाइल र अनलाइन पेमेन्टमा बृद्धि भएपछि पसलमा नगद राख्ने प्रचलनमा पनि कमी आएको मेची डिस्ट्रीब्युटर्स एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले बताए । उनले भने–बिर्तामोडमा पनि क्यासलेस कारोबार शुरु भएको छ, ठूला कारोबार चेक अर्थात बैंकमार्फत नै हुन थालेका छन् ।

क्यासलेस कारोवार शुरु भएपछि नक्कली नोटको समस्या पनि समाधान हुने ब्यवसायीको भनाइ छ । नोटको प्रचलनमा कमी आएमा अपराध कम हुने विश्वास गरिएको छ । रकम बोकेर हिँड्दा लुटपाटको डर हुने भएकाले आर्थिक कारोबार बैंकमार्फत प्रभावकारी र सुुरक्षित हुने ब्यवसायीहरुको भनाइ छ । बिहीबार बिर्तामोडमा भएको कार्यक्रममा हार्डवेयर ब्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइरालाले ठूलो कारोबार नगदमा भन्दा बैंकमार्फत गर्दा भरपर्दो र सुरक्षित हुने धारणा ब्यक्त गरे ।

विभिन्न वस्तुगत संगठनका अध्यक्षहरुले शुक्रबार (एलसी) अर्थात प्रज्ञापन नहुने, शनिबार राष्ट्रिय बिदा, आइतबार अन्तराष्ट्रिय बिदा (भारत) तथा सोमबार बिर्तामोड बन्द हुने गरेकाले सातामा चार दिनमात्रै आफूहरुको कारोबार हुने गरेको बताए । उनीहरुले राष्ट्रिय बिदाकै दिन शनिबार बिर्तामोड बन्द गर्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, मेची डिस्ट्रीब्युटर्स एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापा, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार दाहाल, मेशिनरी एशोसिएसन बिर्तामोडका अध्यक्ष कृष्ण बजगाँई, हार्डवेयर ब्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइराला, नेपाल मार्वल ब्यापार संघ झापाका अध्यक्ष कुशल खतिवडा, नेपाल अटोमेकानिक्स ट्रेड युनियन अध्यक्ष राजेश सादा, कम्प्युटर एसोशिएसन अफ नेपाल बिर्तामोड अध्यक्ष लक्ष्मीकान्त खनाल, नेपाल ब्यापार कर्मचारी संघ (युनिकम नेपाल)का अध्यक्ष गजेन्द्र पौडेल, मोबाइल एशोसिएसन झापाका संयोजक शिव खतिवडा र हेभी इक्वीप्मेन्ट ब्यवसायी संघका प्रतिनिधि कुवेर बस्नेतले हस्ताक्षर गरेका छन् ।

उनीहरुले ठूला आर्थिक कारोबार गर्ने ब्यवसायीहरु समस्यामा परेको भन्दै वस्तुगत संगठनहरुले साउन ४ गतेबाट शनिबार बन्द गर्ने निर्णय गरिएको उल्लेख गरे ।

यसअघि बिर्तामोड बजार विगत लामो समयदेखि सोमवार बन्द हुँदै आएको थियो । बिर्तामोडका विभिन्न व्यवसायिक ११ वटा संघ÷संगठनले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिर्तामोड बजार साउन ४ गतेबाट शनिवार बन्द गरिने जनाएका हुन् ।

बन्दको औचित्य माथि प्रकाश पार्दै मेची डिस्ट्रिव्युटर्स एसोसिएशनका अध्यक्ष थापाले शनिवार बन्दको पक्षमा ७५ प्रतिशत उद्योगी, व्यवसायी, सम्बन्धित सरोकारवाला रहेको दावी गरे । उनले ४ बर्ष अघिदेखि शनिवार बजार बन्द गर्ने भनिए पनि कार्यान्वयन नभएकाले साउन ४ गतेदेखि बन्द गरिने बताए ।

शनिवार व्यवसायी संघ÷संस्था खुल्ला रहे पनि कारोवार न्यून हुने भएकाले शनिवार बन्द उपयुक्त हुने हार्डवेयर व्यवसायी संघ झापाका अध्यक्ष कोइरालाले बताए । बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभामा समेत शनिवार बन्दको कुरा पु¥याएको उनले बताए ।

यता बिर्तामोड उद्योग वाणिज्य संघले भने पटक–पटक छलफल गरेपनि शनिबार बन्द गर्ने कि सोमबार बन्द गर्ने भन्नेमा ठोस निर्णय गर्न नसकेको ब्यवसायीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here