जलवायु परिवर्तनले नेपाल किन बढी जोखिममा ?

0
601

शुलभ वैद्य,

जलवायु परिवर्तन

वायुमण्डलमा स्वभाविक र प्राकृतिक किसिमले निरन्तररुपमा हावापानीको गतिविधि सञ्चालन भइरहेको हुन्छ । बिहान चिसो हुने, दिउँसोमा घाम लाग्ने, घाम लाग्दा बदली भई पानी पर्ने र हावा चल्ने आदि । हाम्रो जीवनमा हेर्दाहेर्दै हिउँद तथा वर्षाका दिनहरु बदलिन थालेका छन् । गर्मी दिनहरु बढ्न लागेका छन् । अघि अघि गर्मी महशुस गरिएका ठाउँमा अत्याधिक गर्मी हुन थालेको छ ।

लामो समयदेखि जलवायुका सूचकहरु (हावा, पानी र तापक्रम)मा आएको भिन्नताले जल र वायुको चक्रमा पनि परिवर्तन ल्याएको छ । मौसम विज्ञहरुले जल र वायुमा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनेका छन् । कुनै निश्चित ठाउँमा लामो समयावधि (लगभग ३० वर्ष) मा तापक्रम वर्षा र हावाको अवस्थामा भएको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । यसमा तापक्रम वायुको बहाव, पानी तथा हिउँ पर्ने तौरतरिका आदि कुरामा आएका परिवर्तनहरु पर्दछन् ।

जलवायु परिवर्तनका कारण

जलवायु परिवर्तन एक प्राकृतिक प्रक्रिया भएता पनि मानवीय क्रियाकलापहरुका कारण केही दशकयता पृथ्वीको जलवायु असामान्य र तीव्र किसिमले परिवर्तन हुँदै गएको छ । यसरी जलवायु परिवर्तन हुनुमा मानव सिर्जित हरितगृह ग्याँस (न्चभभल जयगकभ नबकभक० ९अबचदयलमष्यहष्मभ, mभतजबलभ, कगािगचभ ज्भहब ँगियचष्मभ भ.त.अ) को मात्रा वायुमण्डलमा बढ्दै जानु हो । विभिन्न किसिमका मानवीय क्रियाकलापहरु (उर्जा उत्पादन, उद्योग कलकारखाना, वन विनाश, कृषि क्षेत्र, यातायात आदि) ले गर्दा हरितगृह ग्याँसको मात्रा वायुमण्डलमा दिनानुदिन बढ्दै गइरहेको छ । वायुमण्डलमा रहेका यी हरितगृह ग्याँसहरु नभएको भए शायद पृथ्वीको औषत तापक्रम शून्यभन्दा १८ डिग्री सेन्टीग्रेड कम हुने थियो र सो तापाक्रममा हालको जस्तो मानव लगायत जीवजगतका लागि उपयुक्त हावापानी भएको सामान्य संसार सम्भव हुने थिएन ।

वायुमण्डलमा हरितगृह ग्याँस जतिजति बढ्दै जान्छ, त्यति नै अनुपातमा हरितगृह प्रभाव बढ्दै गई वायुमण्डलमा थप तात्दै जान्छ । जसलाई विश्व उष्णीकरण (न्यिदब िधबचmष्लन) भनिन्छ । तातेको वायुमण्डलले हावालाई तताउँछ । हावा तातेपछि यसको बहावको गति, चाप र दिशामा असन्तुलन आउँछ जसले पानी तथा हिउँ पर्ने तरिका, प्रकृति तथा मात्रालाई प्रभावित पार्दछ । फलस्वरुप मौसम तथा जलवायुमा जटिलता र अनिश्चितता ल्याउँछ । औषत तापक्रम बृद्धिदर प्रतिवर्ष डिग्री सेल्सियसमा विश्वकोः ०.०२५, नेपालकोः ०.०६ ।

जलवायु परिवर्तनले नेपाल किन बढी जोखिम ?

जलवायु परिवर्तनका कारण बृद्धि हुँदै गएको तापक्रमले हिमाली मुलुकहरु उच्च जोखिममा पर्दै गएका छन् र नेपाल पनि त्यसको अपवाद रहन सक्दैन । नेपालको अर्थतन्त्र कृषि, जलस्रोत एवं जैविक विविधतामा निर्भर रहेको छ । जलवायु परिवर्तनका कारण यी तिनै क्षेत्रहरु कृषि, जलस्रोत र जैविक विविधता पनि प्रभावित हुँदै गएका छन् । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको क्षेत्रमा जलवायु परिवर्तनले प्रभाव पार्दै जाने तर यसबाट अनुकूलित हुनका लागि आवश्यक स्रोतसाधनको भने अभाव हुने अवस्था रहेकोले नेपाल बढी जोखिममा रहेको मुलुकको रुपमा पहिचान भएको छ । अन्य क्षेत्रको तुलनामा नेपालमा जलवायु परिवर्तनको बढी असर पर्नुका कारण निम्न हुन् ।

१. भौगोलिक संरचनाः

नेपालको भौगोलिक बनोट धेरै नै जटिल, विविध र संवेदनशील छ । नेपालको कूल भूमिमध्ये १४ प्रतिशत तराई, १३ प्रतिशत चुरे, ३० प्रतिशत उच्च पहाड र २३ प्रतिशत हिमाली क्षेत्रले ओगटेको छ । समुन्द्र सतहबाट ६० मिटरदेखि संसारमा सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.) सम्मको उचाई विविध भौगोलिक अवस्था, भीर, पहरा आदिले भरिपूर्ण रहेको कारण जलवायुमा आउने सानो परिवर्तनले पनि ठूलै हानी नोक्सानी हुने जोखिम सिर्जना गर्दछ । उदाहरणका लागि चुरे पहाडलाई भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील भागको रुपमा लिइएको छ । औसतभन्दा केही बढी मात्रामा पानी पर्ने कारणले पनि बाढी, पहिरो, बालुवा, रोडा तथा ढुंगाहरुको बहावमा बृद्धि आउने तथा पानीको बहाव कम भएको ठाउँमा उक्त वस्तु थुप्रने कारणले समथर भाग नदीको सतहमा बृद्धि हुने र खेतीयोग्य जमिन कटान हुने तथा खेतीयोग्य जमिनमा नदी पस्ने क्रम तीव्र हुँदै गएको देखिन्छ ।

२. जैविक विविधता :

नेपालको क्षेत्रफल (१,४७,१८१ वर्ग किमी) ले विश्वको कूल भू–भागको ०.०३ प्रतिशत मात्र ओगटेको छ । तर, जैविक विविधताको दृष्टिकोणले विश्वमा २५औं र एशियामा ११औं स्थानमा पर्दछ । नेपालको जैविक विविधता थोरै क्षेत्रमा फैलिएको र विशेष खालको जलवायुमा पाइने हुनाले जलवायुमा हुने थोरै परिवर्तनले पनि निकै प्रभाव पार्दछ । ४००० किलोमिटर यात्रा तय गरेर नेपालमा बच्चा कोरल्न आउने साइबेरियाली चराहरुको संख्या कम हुन थालेको छ भने जलवायु परिवर्तनको कारण वनस्पती तथा प्राणीको स्वभावमा समेत बदलाव देखिन थालेको छ । यसले समग्रमा जैविक विविधतामा नकारात्मक असर गर्नु भनेको समग्र अर्थतन्त्र र जीविकोपार्जनमा नै असर पार्नु हो ।

३. कमजोर अर्थतन्त्र :

नेपालको अर्थतन्त्र कृषि, पर्यटन तथा अन्य प्राकृतिक स्रोतमा निर्भर छ । वर्षेनि वर्षाको मात्रा बारम्बारता तथा स्थितिमा आउने प्रतिकूलताको कारणले खाद्यान्न संकट बढ्दो छ । हिमालमा हिउँ कम हुने, प्राकृतिक प्रकोपमा बृद्धि हुने तथा प्राकृतिक अवस्थाको कारणले जीविकोपार्जनका अन्य उपायहरु तथा जलस्रोतको उपयोग, साहसिक पर्यटन, धार्मिक पर्यटन आदिमा कमी आउन सक्छ । जलवायु परिवर्तनको कारणले परिवर्तित परिस्थितिमा अनुकूलन हुन तथा बढ्दो जोखिम नियन्त्रण गर्नको लागि नेपालमा आर्थिक स्रोतको अभाव रहेको छ । त्यसैले पनि जलवायु परिवर्तनका कारण नेपाल बढी जोखिममा रहेको छ ।

४. जनचेतनाको कमी :

जलवायु परिवर्तनका कारण यसको न्यूनीकरणका तरिकाहरु, अनुकूलन वा जोखिम न्यूनीकरणका उपायहरुको बारेमा प्रभावित समुदायका मानिसहरुलाई समयमै सचेतना भएन भने बढी जोखिमहरु सिर्जना हुन जान्छन् । नेपाल पनि यस किसिमको अवस्था रहेको छ ।

५. क्षेत्रीय प्रभाव :

नेपाल दुई विकासोन्मुख राष्ट्रहरु चीन तथा भारतको बीचमा रहेको छ । दुबै देशहरु औद्योगिक विकासमा तीब्रताका साथ लागेका छन् । साथै विश्वको ४० प्रतिशत जनसंख्या यी दुई देशमा बस्दछन् । नेपालमा संसारको औषतभन्दा (करिब साढे दुई गुणा) बढी तापक्रम बृद्धि भएको छ । त्यसैगरी हिमाली तथा पहाडी क्षेत्रमा पानीका मुहानहरु सुक्ने क्रममा तीव्रता आउने प्राकृतिक प्रकोपको मात्रामा बढ्ने देखिन्छ । बि.एस.सी. एग्रिकल्चर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here