बिर्तामोड।
एसीयन वडिविल्डिङ (शारीरिक सुगठन) च्याम्पियनसीपमा झापाका राम दाहाल सहित नेपालका दुई जना खेलाडीले भाग लिने भएका छन् ।
चीनको हर्विन सिटीमा हुने ५३ औं च्याम्पियनसीपमा भाग झापा बिर्तामोडका विडी विल्डिङ ग्यारेजका सञ्चालक दाहाल र काठमाडौंका रामहरि खनाल चीन जान लागेको नेप्लिज फेडेरेशन अफ वडिविल्डिङ एण्ड फिटनेश (एनएफबी) ले जनाएको छ । प्रतियोगिता आगामी जुलाई २६ देखि २९ गतेसम्म हुँदैछ ।
दाहालले ६५ केजी तौल समूहमा नेपालको तर्फबाट वडी विल्डरमा प्रतिष्पर्धा गर्दै छन् भने खनालले क्लासिक वडी विल्डिङमा प्रतिष्पर्धा गर्दैछन् ।
धर्मश्री प्रतियोगितामा प्रथम हुने र राष्ट्रिय वडिविल्डिङ प्रतियोगितामा प्रथम हुने १÷ १ जना लाई सो प्रतियोगितामा सहभागीता जनाउन छनौट गरिएको बताइएको छ ।
त्यस्तै अफिसियलहरु राष्ट्रिय महासंघ (एनएफबी) का महासचिव अजयकुमार बज्राचार्य, पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ र एएफवीएप का वोर्ड सदस्य लोकेन्द्र परियार टोलीमा रहने छन् ।
५३ औं च्याम्पियनसीप तथा वार्षिक कंग्रेसमा विश्वका १९७ मुलुकले भाग लिनसक्ने भएपनि यसपटक एसीयामा सम्मेलन हुन लागेकोले ८५ देखि ९० मुलुकको मात्र सहभागीता रहने जनाइएको छ ।
कंग्रेसमा नेपालबाट सहभागी प्रतिनिधिले नेप्लिज फेडेरेशन अफ वडिविल्डिङ एण्ड फिटनेशका अहिलेसम्मका गतिविधि,खेलाडीहरुका समस्या राख्ने र ५४ औं एसीयन वडिविल्डिङ च्याम्पियनसीप नेपालमा गराउन सहयोगको प्रस्ताव राख्ने नेप्लिज फेडेरेशन अफ वडिविल्डिङ एण्ड फिटनेशले जनाएको छ ।
एसीयन ओलम्पिक कमिटी र अन्तराष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त शारीरिक सुगठन संग सम्बन्धित एक मात्र संस्था भनेको नेपलिज फेडेरेशन अफ बडीबिल्डिंग एण्ड फिटनेस हो ।

























