हडिया खोलाले बगाउँदा झापामा एक जना बेपत्ता

0
545

झापा।

खोलाले बगाउँदा झापामा एक व्यक्ति बेपत्ता भएका छन् । खोलाले बगाउँदा मेचीनगर नगरपालिका १४ स्थित दुवागढी बस्ने ४५ वर्षीय सुकुल हाँस्दा बेपत्ता भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रवार दिउँसो भद्रपुर नगरपालिका ९ प्रणामी नगर फुलबासा स्थित हडिया खोला तर्ने क्रममा हाँस्दा बेपत्ता भएको हो । बेपत्ता भएका हस्दाको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएको व्यक्तिको प्रहरी चौकी चाराआली, घोडामारा प्रहरी चौकी र स्थानीयवासीले खोजी गरिरहेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here