भुवन तामाङ,
नेपालमा विद्युत्को इतिहास वि.सं. १९६८ देखि शुरु भएको हो । राणा शासक चन्द्र शमशेरको पालामा थालिएको एशियाकै दोस्रो विद्युत् परियोजाना समेत मानिएको नेपालको फर्पिङ्गको विद्युत् परियोजना शुरु भएदेखि विद्युत् सेवा अहिलेसम्म आइपुग्दा नेपालीहरुका लागि अपरिहार्य आवश्यकता भई आएको छ ।
अहिलेसम्मको इतिहासमा एउटा पनि विद्युत् सुरक्षण सम्बन्धी पूर्ण सचेतना श्रब्यदृष्य सामग्री सिर्जना भएको पाइँदैन । तर, नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) अनारमनी वितरण केन्द्र झापाको आर्थिक तथा प्राविधिक सहयोगमा भर्खरै नेपाली लोक भाकामा ‘विद्युत् साझा सम्पत्ति सबैको’ बोलको एक विद्युत् सुरक्षण सचेतना म्युजिक भिडियो निर्माण भएको छ ।
उक्त गीत (श्रब्यदृष्य सामग्री)लाई राष्ट्रिय सम्पत्तीको रुपमा लिन सकिन्छ । किनकि करिब तीन लाखसम्मको खर्चमा निर्मित गीत विद्युत् प्राधिकरणको उच्च निकायको स्वीकृति बिना निर्माण सम्भव हुने थिएन । त्यसैले देशको एउटा उच्च निकायबाट स्वीकारिएकोे यो गीत एक राष्ट्रिय सम्पत्ति नै हो । जसको निर्माणको जस झापालीहरुलाई जान्छ । झापालीका लागि यो कार्य एक गौरवको विषय रहेको मान्न सकिन्छ । यो गौरव नेविप्रा अनारमनी वितरण केन्द्र झापा र मेचीनगरपालिका शहरेडाँगी निवासी लोककलाकार मातृकाप्रसाद संग्रौलाले जुराएका छन् । यसलाई एक ऐतिहासिक कार्य पनि मान्न सकिन्छ ।
विद्युत् नेपाली लोकजीवनका लागि एक अनिवार्य माध्यम भई आएको छ । साथै विकास र समृद्धिको अपरिहार्य साथी बनेको छ । तर, विद्युत् सुरक्षित तरिकाले उपयोग, प्रयोग गरेमात्र यसले हामीलाई अपेक्षित फाइदा दिन्छ । नत्र दुर्घटना भई जनधन क्षति हुनसक्छ । विद्युत् सुरक्षण सचेतना गीतका शब्दहरुले यस्तै सन्देश दिन्छन् । गीतका शब्दहरु यसप्रकार रहेका छन् :
‘विद्युत् साझा सम्पत्ति सबैको ।
दुरुपयोग गर्नु अपराध हो कानूनको ।।
सिसा फुटे मुसा पसे मिटरबाक्साभित्र ।
बेला–बेला वायरिङ्ग समेत हेर्ने गरौँ मित्र ।।
पानी तान्ने मोटरको तार नाङ्गो छ कि कतै ।
होल्डर फुटि तार निस्केका छन् कि जता ततै ।।
गरौँ खबर छिट्टै त्यो हेर्न जान्नेलाई ।
ढिला भए हानी नोक्सानी आपैmलाई ।।
नाङ्गो तारमा रुख बाँस परे त्यसले बिगार गर्छ ।
झट्टै खबर नगर्दिए भोग्नु आपैm पर्छ ।।
कर्मचारी बोलाएर हरियो रुख पात हटाऊँ ।
पटक–पटक अबरोध हुने क्रमलाई घटाऊँ ।।
ग्राहक सबै हाम्रो अनुरोध सुन्दिउँ है ।
हुकिङ्ग भए कतै आपैmले तान्दिऊँ है ।।
सिञ्चाई गरौँ उद्योग खोलौँ सरल युनिट दरमै ।
सब्जी खेती गाईपालन गर्दै बसौँ घरमै ।।
लोभ लालचमा परी बिद्युत चोरी चाहिँ न गरौँ ।
जान्दा दिन्छ लान्छ पनि सोचेर काम गरौँ ।।
लागि परौँ सधैँ सकारात्मक सोचेर ।
यसैमा छ हाम्रो भबिष्य सम्झेर ।।
बाँस, घाँस पर्छ नाङ्गो तारमा बेर–बेर लाइन जान्छ ।
अनायसै कर्मचारी सक्दो गाली खान्छ ।।
सराप्दैमा रिसाउँदैमा काम बन्ने होइन ।
त्यसो होइन यसो भन्दा कोही मान्ने छैन ।।
कर्मचारी भन्ने सेवकै सम्झिदिऊँ ।
बोलीसम्म मीठो बोलेर साथ दिऊँ ।।’
सचेतना गीतको आवश्यकताः ‘जान्दा दिन्छ, लान्छ पनि सोचेर काम गरौँ ।’ गीतको यो हरफको भावबाटै सचेतना गीतको उपादेयता जान्न सकिन्छ । हामीले जानेर विद्युत् उपयोग ग¥यौँ भने यसले हाम्रो जीवनमा धेरै कुरा दिन्छ । जीवन सजिलो पारिदिन्छ । समृद्धिको साथी बनिदिन्छ । तर, विद्युत् असुरक्षित किसिमले चलायौँ, चुहावट या चोरी गर्न अनेक उपाय गर्न थाल्यौँ भने दुर्घटना हुनसक्छ । जसले गर्दा घरमा, उद्योगमा आगलागी, मानिसको अङ्ग क्षति र मृत्यु समेत हुनसक्छ ।
विद्युत् चुहावट गर्ने क्रममा धेरै दुर्घटना भई जनधन क्षति भइसकेका छन् । अर्थात उपभोक्ताका तर्पmबाट सुरक्षाका उपाय नअपनाउँदा दुर्घटना बढेका छन् । अर्कातिर, हामीले सञ्चार माध्यममा पढ्ने, सुन्ने र देख्ने गरेका छौँ कि, नेपाल विद्युत् प्राधिकरणकै कर्मचारी, प्राविधिकहरु नै पनि विद्युत जडान, मर्मत र अपगे्रड गर्ने क्रममा आवश्यक सुरक्षाका उपाय नअपनाउनाले दुर्घटना भई शक्त घाइते भएका र मृत्यका घटना घट्ने गरेका छन् ।
यस गीतका रचनाकार तथा गायक स्वयम् मातृकाप्रसाद संग्रौला पनि निकै पटक बिजुलीका पोल र ट्रान्स्फरमरबाट जमिनमा पछारिएर बालबाल बचेका नेविप्राका जनशक्ति हुन् ।
त्यसैले पनि यस्तो गीत आवश्यक ठानिएको हो र गीत–संगीत लोकप्रिय माध्यम भएकाले पनि यसको माध्यमबाट विद्युत् उपयोग सुरक्षा सचेतना पैmलाउने उद्देश्यले गीत सिर्जनागर्न प्रेरणा मिलेको संग्रौलाले बताएका छन् । पर्याप्त सुरक्षाका उपाय (तालिम, सुरक्षित सूचना, समन्वय, भरपर्दो सहकार्य, पर्याप्त उपकरण उपलब्धता) अपनाएर आप्mनै जनशक्ति क्षति हुनबाट स्वयम् नेविप्राले पनि सचेतता अपनाउनुपर्ने देखिन्छ । आम विद्युत् उपभोक्ताहरुले पनि मान्य नियममा रहेर सुरक्षा उपायसहित विद्यु उपभोग या प्रयोग गर्नु पर्दछ ।
यस म्युजिक भिडियोमा हाँस्य कलाकारहरु सुरवीर पण्डित, श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) र दमन रुपाखेतीले अभिनय गरेका छन् भने नेविप्राका कर्मचारीहरु पनि भिडियोमा प्रस्तुत भएका छन् । झापाको कन्काई नगरपालिका कार्यालयमा यही सोमबार नेविप्राका उच्च निकायका उच्च कर्मचारीहरुकोे उपस्थितिमा उक्त नगरपालिका क्षेत्रभित्रका विपन्न परिवारलाई विद्युत् मिटर निःशुल्क वितरण गर्दै कनकाई नगरपालिकालाई देशकै पहिलो विद्युत् चुहावट मुक्त नगरपालिका घोषणा गरिएको समारोहमा यस म्यूजिक भिडियो लोकापर्ण गरिएको हो । सुरक्षित विद्युत् उपयोगका उपाय सम्बन्धी दृष्यहरु समेटिएको यो म्युजिक भिडियो कतिको बाक्लैरुपमा विद्युत् उपभोक्ताहरुले सहजै हेर्न पाउने हुन् यसैमा यसकोे प्रभावकारिता झल्कने छ ।
नेविप्राले विद्युत् सुरक्षण सचेतना सम्बन्धी क्यालेन्डर र पुस्तिका समेत प्रकाशन गरेको छ । जसमा सुरक्षित तरिकाले विद्युत् प्रयोग गर्न सचित्र सिकाइएको छ । विद्युत् लोडसेडिङ मुक्त हुँदै जानु र सचेतनाका सामग्री पनि उत्पादन हुनु नेविप्रा र उपभोक्ताहरु सबैका लागि खुशीको कुरा हो । आजैबाट ‘सुरक्षित किसिमले विद्युत उपयोग गरौँ’ भनी हामी सबैले प्रण गरौँ ।


























