सप्तकोशीको बहाव यो वर्षकै उच्च, ब्यारेजका ३३ ओटा ढोका खोलियो

0
547

सुनसरी,

सप्तकोशी नदीमा ठूलो बाढी आएको छ ।

सप्तकोशी नदीको पानीको सतहले खतरा तह पार गरेकाले सप्तरीको हनुमाननगर र सप्तकोशी नगरपालिका तथा सुनसरीको कोशी गाउँपालिकासहित चतरादेखि भारत सीमासम्मको सबै क्षेत्रका नागरिकलाई आइतबारसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ ।

महाशाखाले त्यहाँका स्थानीयलाई मोबाइलमा सुरक्षित ठाउँमा जान अनुरोधसहितको सन्देश पनि पठाइसकेको छ । महाशाखाले कोशीको तटबन्ध र ब्यारेज नियमित अनुगमन गर्न स्थानीय प्रशासनलाई आग्रह पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here