झापाका माइक्रो फाइनान्समा ठगी धन्दा, अध्यक्षसहित चार जना पक्राउ

0
1909

झापा।

असार–ठगी घटनाको अभियोगमा प्रस्तावित किरात माइक्रो फाइनान्सका अध्यक्ष डकेन्द्रसिंह थेगिमसहित सहित चार जना पक्राउ परेका छन् । दमक १ हलदार चोक नजिक सताक्षी मार्गस्थित किरात माइक्रो फाइनान्सको कार्यालयबाट आज शुक्रवार दिउँसो थेगिमसहित चार जनालाई ठगी घटनाको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रस्तावित फाइनान्सका व्यवस्थापक डिवी लिङदम, सञ्चालक कमलप्रसाद नेम्बाङ्ग, र पूर्णबहादुर वझी रहेका छन् । अध्यक्ष थेगिम किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष हुन् ।

ठगी घटनामा संलग्न सञ्चालकहरु नरसिंह फागो, ठटबहादुर पौठाक र सरस्वती राईलाई समेत खोजी भईरहेको प्रहरीले जनाएको छ । प्रस्तावित माइक्रोफाइनान्सका शेयर सदस्यहरुबाट आरोपीहरुले रु ८० लाख बढी रकम हिनाहिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उनीहरु विरुद्ध ठगीको उजुरी परेको थियो ।

पीडितहरुको उजुरी पछि उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए । उनीहरुलाई आइतबार म्याद थप गरि थप कारवाहीको प्रकृया अघि बढाईने प्रनाउ सुब्बाले बताए ।

प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार पाँच वर्ष अघि प्रस्तावित माइक्रो फाइनान्स सञ्चालनका लागि पाँच वर्षअघि शुरु गरिएको प्रक्रिया टुङ्गो नहुँदै जम्मा भएको रकम आफूखसी खर्च गरिएको सार्वजनिक भएपछि त्यसमा आवद्ध डेढ सय बढी शेयर सदस्यहरु विचल्लीमा परेका थिए ।

इलाममा केन्द्रीय कार्यालय राख्ने गरी आफनो समुदायका नाममा माइक्रोफाइनान्स खोल्ने भनेर दमकसहित पूर्व झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, धनकुटा, ताप्लेजुङलगायतका क्षेत्रमा बस्दै आएका किरात समुदायहरूसंग रु १ करोड ५८ लाख बढी रकम संकलन गरेका थिए । फाइनान्समा १ सय ७८ जनाले कम्तीमा रु ५० हजार माथि शेयर रकम जम्मा गरेका थिए ।

फाइनान्सको दर्तासहितका सञ्चालन प्रक्रिया सम्पन्न गर्न थेगिमसहितका सञ्चालक पदाधिकारीले सर्वसाधारण हरूसँग उठाइएको रकम आफूभित्र लगानी गरेको शेयर सदस्यले थाहा पाएपछि प्रहरी कहाँ बाँध्य भएर ठगी मुद्दा हाल्नु परेको नरेन्द्र वनेमले बताए ।

बैङ्किङ्ग कारोबार छुट्टै बनाउने उद्देश्यले शुरु गरिएको फाइनान्स तथापि नियमानुसार दर्ता समेत गरिएको थिएन् । दर्ता गर्ने भन्दै जम्मा गरिएको रकम नियम विपरीत आफूखुसी खर्च गरेको आरोप लागेको छ । –हाम्रोदममकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here