झापा ।

असार २६ गते देखी हालसम्म अबिरल बर्षाको कारण यस प्रदेश अन्तरगतमा ९ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । २६ गते भोजपुर रामप्रसाद राई गाउपालिका ७ बस्ने ६६ बर्षीय जगत बहादुर राइको खोलाले बगाई मृत्यु भएको छ ।
२७ गते भोजपुरकै ट्याम्केमयुम गाउपालिक ९ बस्ने १४ बर्षीय जनक बि.क.को ट्वाईलेटले किचि मृत्य भएको छ, यस्तै २७ गतेनै खोटाङ खोटेहयाङ गाउपालिका २ बस्ने २८ बर्षीया रेखा राई र निजकै छोराहरु बर्ष ४ को रोमन राई र ७ महिनाको रोहन राईको आफ्नै घरले किची मृत्यु छ ।
यस्तै २७ गते खोलाले बगाउदा ओखलढुङगा चिसुङखुगडी गाउपालिका ४ बस्ने ८५ बर्षीया पासाङ पुटी सेर्पा, ईलाम चुलाचुली १ बस्ने ५० बर्षीय अंचल लावती र झापा दमक नगरपालिका १० बस्ने ६ बर्षिया बालक ऐलिजा न्यौपानेको मृत्यु भएको छ भनि २६ गते खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई ईटहरी ५ सुनसरीमा काम गरी बस्ने ३५ बर्षिय सागर थापा आज बिहान मृत अवस्थामा फेला परेका छन ।
यसैगरी बेपत्ता हुने हरुमा पाँचथर मिक्लाजुङ गाउपालिका-४ बस्ने ९ बर्षिय दिवन राई, झापा भद्रपुर नगरपालिका ९ बस्ने ४५ बर्षिय सफल हज्दा, सुनसरी बराहाक्षेत्र १ बस्ने १० बर्षिय अर्पन राई र मोरङ कानेपोखरी गाँउपालिका २ बस्ने तत्काल नामथर वतन नखुलेका १ जना खोलाले बगाई बेपत्ता भएका छन ।
यसै गरी भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने ३५ बर्षिया मनकुमारी राई निजकै छोराहरु १७ बर्षिय शिबकुमार राई र १५ बर्षिय शक्तिकुमार राई आफ्नै भान्सा घरले किच्दा पुरिएर बेपत्ता भएका छन ।





























