जडीबुटी चिनाउन तालिम

२९ असार २०७६, आईतवार मा प्रकाशित

सुरुङ्गा।

स्थानीय स्तरमा पाइने महत्वपूर्ण जडीबुटीको चिनारी गराउने मुख्य उद्देश्यका साथ झापा गाउँपालिकामा तालिम सम्पन्न भएको छ ।

सो तालिममा झापा गाउँपालिकाका ७ वटै वार्डका ३÷३ जनाका दरले २१ जनाको सहभागिता रहेको थियो । तालिम झापा गाउँपालिकास्थित शरणामती आयुर्वेद औषधालयले आयोजना गरेको हो ।

झापा गाउँपालिकाको सभाहलमा सम्पन्न तालिममा शरणामती आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र पोखरेलले सहजीकरण गरेका थिए । तालिममा स्थानीयस्तरमा पाइने महत्वपूर्ण जडीबुटीहरुको चिनारी गराउने, तिनीहरुको प्रयोग कुन रोगमा कति मात्रामा र जडीबुटीको कुन भाग प्रयोग गर्ने लगायतका विषयमा प्रष्ट पारिएको थियो ।

सहजकर्ता पोखरेलले जडीबुटीलाई संरक्षण गर्न र करेसावारीमा लगाउन उत्प्रेरित पनि गरेका थिए । कार्यक्रम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्य र प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here