झापा।
झापाको चारआलीमा निमार्ण भईरहेको एक सपिङ्ग कम्पेल्क्स भित्र रहेको खाडलमा डुबेर एक मजदुरको मृत्यु भएको छ ।
निमार्णधिन सपिङ्ग कम्पेल्क्सको बीच भागमा रहेको खाडलमा जमेको पानीमा डुबेर भारतघर भएका मजदुर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मजदुर हराएपछि खोज्ने क्रममा खाडलमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृतकको नाम थर खुल्न नसकेको भएपनि उनी भारतको खोरिबारीका रहेको ठेकेदारले बताएको प्रहरीले जानकारी दिएको छ ।
मृतक अन्दाजी ५० बर्ष उमेरको रहेको प्रहरीको भनाई छ ।































