फुडहोलीकले पर्यटन र नेपाली खानाको प्रबद्र्धन गर्ने

२९ असार २०७६, आईतवार मा प्रकाशित

अर्जुनधारा।

पर्यटनसँगै नेपाली खानाका परिकारहरुको प्रबद्र्धन गर्ने उद्धेश्यले झापाको अर्जुनधारा–६स्थित महानन्द चोकमा आइतबारदेखि फुडहोलीक फेमेली लञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।

व्यवसायीहरु विनोद श्रेष्ठ, विकास अधिकारी, सुरज सापकोटा र सुवास सापकोटाले प्रारम्भिक लगानी ५० लाख रुपैयाँको लागतमा उक्त बार सञ्चालनमा ल्याएको हो ।

उक्त बारको स्थानीय अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अपाङ्गता भएका बालबालिकाहरुले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

विशेष गरी पारिवारिक वातावरणको लागि परिवारलाई लक्षित गरि सञ्चालन गरिएको बारमा नेपाली खानाका परिकारहरुसँगै अन्य परिकार तथा पेय पदार्थहरु पाइने सञ्चालक श्रेष्ठले बताए ।

खानपिनसँगै हप्ताको तीन दिन स्थानीय कलाकार र ब्याण्डहरुको प्रस्तुती रहने बारमा विशेष दिनहरुमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने अर्का सञ्चालक सापकोटाले बताए ।

एकैपटकमा ६० जनालाई सेवा दिन सक्ने क्षमता रहेको बारले उद्घाटनको सन्दर्भमा तीन दिनसम्म १० प्रतिशत छुटको व्यवस्था गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here