बिर्तामोड ।
स्व. बछलादेवि सोसियल फाउण्डेशनको सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
ताप्लेजुङको हाङपाङ भन्ने ठाउँमा मिति १९८० साल फाल्गुन २० गते जन्मभइ स्व खड्ग बहादुर देउजा सँग बैवाहिक बन्धनमा जोडिनु भएकी स्व बछला देबि देउजाको स्मृतिमा सामाजिक काम गर्ने हेतुले फाउण्डेशनको स्थापना गरिएको बताइएको छ ।
फाउण्डेशनका अध्यक्ष नेत्रकुमार देउजा अध्यक्षतामा भएको कार्यक्रममा महासचिव, कोषध्यक्ष लगायतले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
विभिन्न सामाजिक कार्यमा क्रियाशिल उक्त संस्थाले विपन्न परिवारलाई खाद्यन्न, बिरामीहरुलाई आर्थिक सहयोग लगायतका विभिन्न सामाजिक काम गर्दै आएको सचिव लक्ष्मीकान्त खनाल जानकारी दिए ।































