झापामा यस्तापनि वडाध्यक्ष–टुडु परिवारको बरदान बने

२९ असार २०७६, आईतवार मा प्रकाशित

शिवसताक्षी ।


बिषाक्त च्याउ खाएर बिरामी परेका झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का तीन जनाको उपचार खर्च वडाका अध्यक्ष मनोज खुलाल कार्कीले व्यहोरेका छन ।

उपचार खर्चको अभावमा छट्पटाएका उनिहरुको सम्पुर्ण औषधी उपचार खर्च नगरकै उमेरले कान्छो वडा अध्यक्ष खुलालले व्यहोरेका हुन । गएको असार २५ गते बारीवाट टिपेर ल्याएको बिषाक्त च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना सख्त बिरामी परेका थिए ।

वडा सचिव रुद्र अधिकारीका अनुसार चेम्पी टुडु, उमेश टुडु र राम टुडु बिरामी परेका थिए ।  आर्थिक रुपमा अति विपन्न टुडु परिवाको उपचार खर्च नहुँदा वडाका नागरिकको जीवन रक्षा अभिभावकले गर्नुपर्ने ध्येयका साथ वडा अध्यक्ष खुलालले तीनै जनाको खर्च व्यहोरेका हुन । खुलाल काम विषेशले काठमाण्डौमा छन ।

तीन जना वडाका नागरिक विषाक्त च्याउको तरकारी खाएर विरामी परेको खवर सुनेपछि उनले आईएमईवाट वडा सचिव अधिकारीलाई नगद पठाएका थिए ।

बिरामी तीनै जनाको शिवसताक्षी नगरको दुधे स्थित अंसु मेडिकल हलमा उपचार भएको थियो । तीन दिनको उपचार पछि उनिहरु सामान्य अवस्थामा घर फर्किएका छन । वडा संग वजेट नभएकाले आफैले उपचार गरिदिएको वडा अध्यक्ष खुलालले वताए । खुलालले नगरपालिकाबाट यातायातको सुविधा मोटरसाईकल समेत लिएका छैनन् ।


‘मरिन्छ जस्तो लागेको थियो’ विरामी परेका मध्ये उमेशले भने —‘वडा अध्यक्ष मनोज हाम्रो जीवनको वरदान वने पछि हामीले पुर्नजीवन पायौ भयौ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here