झापाको भद्रपुरमा महिला उद्यमीको कोसेली घर

0
982

झापा ।

जिल्लाका महिला लघु उद्यमीहरुले उत्पादन गरेका घरेलु सामग्रीको बजारीकरण गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा कोसेली घर सञ्चालनमा आएको छ ।

भद्रपुर नगरपालिकाको १ लाख ५० हजार आर्थिक सहयोगमा नगर लघु उद्यमी संघ भद्रपुरले सोमबारदेखि भद्रपुरको चन्द्रगढी बजारमा कोसेली घर सञ्चालनमा ल्याएको हो ।

कोसेली बिक्री केन्द्र नाम दिइएको सो कोसेली घरबाट मुख्यरुपमा लघु उद्यमी महिलाले उत्पादन गरेका सजावटका सामग्री, खाद्यसामग्रीलगायत घरायसी प्रयोजनकालागि आवश्यक सामग्री बिक्री–वितरण गरिने संघकी अध्यक्ष सविता श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानीय तहलगायत विभिन्न संघ–संस्थाले प्रदान गरेको तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै विभिन्न सामग्री उत्पादन गरेका महिला उद्यमीको उत्पादनका लागि बजारको अभाव हुन नदिनका लागि कोसेली घर सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठले संयुक्तरुपमा रिवन काटेर कोसेली घरको उद्घाटन गर्नुभएको थियो ।

यसरी लघु उद्यमी महिलाले समूहमा मिलेर आफूले उत्पादन गरेका सामग्री सुलभ मूल्यमा बिक्री गर्नका लागि सञ्चालनमा ल्याइएको कोसेली बिक्री केन्द्र जिल्लामै पहिलो भएको महिला उद्यमीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here