ओलाङचुङगोला बाढी र कटानको चपेटामा

0
1569

ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित ओलाङचुङगोला बस्ति बाढी र कटानको चपेटामा परेको छ । तमोर नदिको किनार छेउमा रहेको बस्तिको भाग बाढी र कटानले क्रमस घट्दै गएको छ ।

कटानका कारण तत्काल कुनै जोखिम नभए पनि क्रमस बस्तिको भाग घट्दै गएकाले भविष्यमा जोखिम हुने सोहि ठाउँका वडा अध्यक्ष समेत रहनुभएका स्थानीय छेतेन शेर्पाको भनाई छ ।

ठुलो वर्षा भएर नदिमा बाडी आए ढुक्कले बस्ने अवस्था नरहेको अर्का स्थानीय टाँसी शेर्पाले बताउनुभयो । ‘ठुलो पानी परेका बेला बाडी आउला कि भन्ने डरले राती ढुक्कले सुत्ने अवस्था हुँदैन, तर अहिले सम्म कुनै क्षति भएको छैन’–टाँसी शेर्पाले भन्नुभयो । तत्काल जोखिम नदेखिए पनि बस्तिको सुरक्षाका लागि भने अहिले नै देखि चासो राख्नु पर्नेमा स्थानीयको जोड छ ।

नदिकै कटानका कारण बस्ति मात्रै नभई नजिकै रहेको एैतिहासिक दिकी छ्योलिङ गुम्बा समेत असुरक्षित हुन सक्ने स्थानीयको भनाई छ । बस्तिको केहि माथी ४ सय वर्ष पुरानो उक्त ऐतिहासिक गुम्बा छ । तमोर नदिको कटानले गर्दा भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै वडाले कटानलाई रोकथाम गर्ने तर्फ सोचिरहेको वडा अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । वडामा आएको सानो बजेटले मात्रै रोकथामका लागि नपुग्ने भन्दै यसका लागि प्रदेश र संघिय सरकारले समेत चासो दिनुपर्नेमा उहाँको जोड छ ।

ओलाङचुङगोलामा शेर्पा सुमदायका करिब ५३ परिवारको बसोबास रहेको छ । वर्षौदेखि बसोबास गर्दै आएका शेर्पा समुदायले त्यहिँ बसेर पशुपालन, जडिवुटि संकलन तथा व्यापार गर्दै आएकाछन् । सदरमुकाम बाट झण्डै दुई दिनको पैदल दुरीमा पर्ने उक्त हिमाली बस्ति चिनको तिब्बत संग सिमा जोडिएको क्षेत्र हो । तिब्बत स्थित रिउ बजारबाट सडक सञ्जालले उक्त बस्ति जोडिएको छ । तर यातायात भने सञ्चालनमा छैन ।

यता सदरमुकाम तर्फबाट निर्माण भईरहेको ओलाङचुङगोला लोकमार्ग अन्तरगतको सडक अझै ओलाङचुङगोलामा पुग्न सकेको छैन । निर्माणकै चरणमा रहेको सडक फक्ताङलुङको लेलेप सम्म पुगेको छ । अझै ओलाङचुङगोलामा जोडिन करिब २८ किलोमिटर बाँकि रहेको बताईएको छ ।-पूर्वेली न्युजबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here