इलाका प्रहरी कार्यालय धनौलीबाट तीन जना थुनुवा भागे

0
562

बाँके,

इलाका प्रहरी कार्यालय धनौलीबाट तीन जना थुनुवा भागेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले थुनुवा फरार भएको विषयमा छानबिनका लागि प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो ।

‘तत्काल कार्यालय समयमा खटिएका प्रहरी जवान शमशेर थापालाई निलम्बन गरेर बयान लिइँदैछ’, प्रहरी उपरीक्षक वलीले भन्नुभयो, ‘थप जानकारी छानबिनपछि थाहा हुन्छ ।’

प्रहरी हिरासतबाट खजुरा–४ का १८ वर्षीय सिमन वि.क, खजुरा–३ का १९ वर्षीय निर्मल थापा र उज्वल कार्की शनिबार राति १२ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । थुनामा रहेका तीन जना थुनुवा भागे पनि कर्तव्य ज्यान मुद्धाका एकजना थुनुवा भने त्यही नै रहेको प्रहरीले जनाएको छ ।

फरार तीन जना नै स्थानीय बासिन्दा हुन् । शौचालयको ग्रिल तानेर थुनुवाहरु फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here