यौन गतिविधिमा सम्लग्न प्रहरी हवल्दार पक्राउ

0
1416

बिर्तामोड।

इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत एक प्रहरी हवल्दार नै यौनजन्य गतिविधिमा सम्लग्न रहेको अवस्थामा होटलमा भेटिएका छन् ।

होटल अनुगमनका लागि पुगेको प्रहरी टोलीले सोमवार बिर्तामोडस्थित देवी पञ्चकञ्या होटल एण्ड लजमा अनैतिक गतिविधिमा सम्लग्न भएको अवस्थामा प्रहरी हवल्दार डम्बर थापालाई नै फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।

बिर्तामोडका केही होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको जनगुनासो आउने गरेपछि यस्तो गतिविधि नियन्त्रण गर्न प्रहरीले होटल अनुगमन निरन्तर गरिरहेको र सो क्रममा एक प्रहरी जवान नै यस्तो कार्यमा सम्लग्न देखिएपछि विभागीय कारवाही अघि बढाइएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

स्रोतका अनुसार उनी इलाका प्रहरी कार्यालयमा सवारी चालकको रुपमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here