बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र बिषादीरहीत उत्पादनलाई प्रोत्साहित गर्दै नमूना कार्यक्रमको रुपमा सहारा नेपालसँगको लागत साझेदारीमा दुई वटा टनेल भिलेज स्थापना गर्ने भएको छ ।
टनेल भिलेजमा उच्च प्रविधि (हाइटेक) सहितको व्यवसायिक तरकारी उत्पादनका कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ ।
नमूना दुईवटा गाँउ छनौट गरेर जिल्लामा नै उदाहरणीय रुपमा अग्र्यानिक उत्पादनका लागि टनेल भिलेजको अवधारणा ल्याइएको बताइन्छ । योसंँगै कृषकहरुलाई प्लाष्टिक घर, प्लाष्टिक मल्चिङ्ग, एग्रो नेट, भर्मी कम्पोष्ट, ग्रीन नेट, जैविक विषादी, बानस्पतिक विषादी र नर्सरी टे« जस्ता प्रविधिहरुसँग परिचित गराउने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीका अनुसार मेयर विषादी मुक्त नगर कार्यक्रमलाई प्रभावकारी बनाउँदै अग्र्यानिक उत्पादनमा लागेका कृषकहरुद्वारा उत्पादित विषादी रहीत तरकारीहरुको बजार व्यवस्थापन गर्न कृषिथोक बजारभित्र विषादीरहीत तरकारीहरुको बिक्रीकेन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने छ ।
विषादीरहीत तरकारी र तेलहन तथा फापर जस्ता बालीहरुको उत्पादन क्षेत्र विस्तार हुँदा परागसेचनका लागि मौरी आवश्यक हुने भएकाले एउटा मौरी श्रोत केन्द्र स्थापना गरी कृषकहरुलाई मौरीघार व्यवस्थापन गर्ने कार्यक्रम राखेको –नगर प्रमुख शिवाकोटीले बताए ।
यसैगरी एक बर्षको अवधिमा नगरपालिका भित्र ३ सय ३० बिगाह जमिनमा सिंचाई पु¥याएको दाबी गरिएको छ । ५ बर्षभित्रमा शतप्रतिशत सिंचाई पु¥याउने योजना रहेको जनाउँदै नीति तथा कार्यक्रममा यस्तो दाबी गरिएको हो । आ.व. ०७५÷०७६ मा १ सय १३ मोटर बोरिङ्ग किसानलाई उपलब्ध गराएर ३ सय ३० विगाह क्षेत्रफलमा सिंचाई सुविधा प¥याइएकोे नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले जानकारी दिए ।
यसलाई निरन्तरता दिँदै आँउदो बर्ष माग अनुसार किसानलाई बोरिङ उपलब्ध गराउने र आगामी ३ वर्षभित्रमा नगरक्षेत्र भित्रका सम्पूर्ण कृषियोग्य जमिनलाई सिंचित गरिने खतिवडाले बताए । खेतीयोग्य जमिन बाँझो हुन नदिनका लागि सिंचाईलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
यसैगरी कृषिमा आधुनिकीकरण तथा प्रविधियुक्त कार्यक्रम अन्तर्गत २० वटा मकै छोडाउने मेसिन, १० वटा धान काट्ने मेसिन र ९ वटा मिनी टिलर (इन्टरकल्टिभेटर) कृषक समूहलाई उपलब्ध गराइसकिएको उल्लेख गर्दै उनले यो बर्ष पनि निरन्तरता दिइने बताए ।
आँउदो वर्ष ‘एक समूह एक उत्पादन’ र मौरी श्रोत केन्द्र स्थापना गरी २ वटा नयाँ कार्यक्रमहरु पेश गरिएको आलु, राज्मा, सूर्यमुखी, तोरी र फापर गरी १ सय ३० बिगाह क्षेत्रफलमा ११ वटा समूहका लागि कार्यक्रम तय भएको उनले बताए ।






























