झापा गाउँपालिकाका हरेक वार्डमाआधारभूत स्वास्थ्य केन्द्र

1
703

सुरुङ्गा ।

जनस्वास्थ्यको क्षेत्रमाझापागाउँपालिकाअन्य स्थानीयतहभन्दा एक कदम अगाडि बढेको छ ।

झापागाउँपालिकाकाअध्यक्षजयनारायण साहले निर्वाचनताकामतदातासँग गरेको एउटा कबुलपुरा गरेका छन् । आफ्नो गाउँपालिकाभित्रका सातवटै वार्डमा स्वास्थ्यचौकीको सेवासुविधा रहने गरी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेपछि एउटा कार्यभार पूरा भएको हो ।

झापा जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा रहेको र प्राकृतिकप्रकोपले बर्षेनि ठूलो धनजनको क्षतिहुने गरेकोमातत्कालै क्षतिको न्यूनीकरण र घाइतेलाइउपचार सम्भवपनिथिएन ।

सबै वडाका जनतालाई कसरी स्वास्थ्य सेवादिन सकिन्छ भन्ने सधै चिन्ताको विषयबनेको थियो।निकै ठुलो प्रयत्न पछि अबझापागापाका७ओटै वार्डहरुमाआधारभूत स्वास्थ्य केन्द्र स्थापनागरिएको छ। हरेक स्वास्थ्य केन्द्रमा नर्स, अनमी, स्वास्थ्य स्वयम्सेवीका र कार्यालय सहयोगीको दरबन्दीको पनिव्यवस्थागरिएको छ ।

१,४,५,७ वार्डमा एकै पटक ऐतिहासिक रुपमाआधारभुत स्वास्थ्य सेवा केन्द्रहरुको उद्घाटन गरिएको हो । अनुदानमाजग्गाव्यवस्थापन, करारमा स्वास्थ्यकर्मचारी व्यवस्थापन,भाडामा कार्यालय स्थापना, स्वास्थ्य केन्द्रको भवनबनाउने टेन्डर खोली ठेकेदारसँग चारवटैभवनको निर्माण सम्झौताकार्य सम्पन्नगरिएको छ।

विधिवत रुपमासबै वडाहरु स्वास्थ्यचौकीयुक्तभएको सन्दर्भमाउद्घाटन कार्यक्रमकाप्रमुखअतिथि समेत रहेकागाउँपालिकाअध्यक्ष साहले खुसीव्यक्तगर्दैस्वास्थ्य केन्द्रहरुलाई नियमित रुपमा सुचारु गर्न स्वास्थ्यकर्मी, सम्बन्धित वार्डकाजनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी तथाजनतासँग अनुरोध गरे । यस अघि नै अन्य वार्डमाआधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेका थिए ।

स्वास्थ्यकार्यालय झापाकाप्रमुखमधुसुदनकोइरालाको विशेष आतिथ्यर सञ्चारकर्मी कृष्ण हुमागाईको आतिथ्यमा सम्पन्न समुद्घाटन समारोहमा नेकपाझापागाउँ समितिअध्यक्षरुद्र बजगाई,नेपालीकांग्रेसकासह–संयोजकसखिचन्द्र ठाकुर, समाजवादी पार्टीकागाउँप्रमुखहर्कराज राई,नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाका सभापति सुन्दरलाल गणेश लगायतले शुभकामनामन्तब्य राखेकाथिए । सो अवसरमास्वास्थ्य केन्द्रहरु निर्माणका लागिजग्गाप्रदानगर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित वार्डका वार्डअध्यक्षहरुकोसंयुक्तअध्यक्षतामाभएको कार्यक्रमको सञ्चालनझापागाउँपालिकाका स्वास्थ्यशाखाका संयोजक प्रेम न्यौपानेले गरेकाथिए ।

1 COMMENT

  1. Mao badi dunda kalma vyeka jan ahakti lai umer ma10; barsa ko samay marjin grer swasthya karmi rakhnu parne ho ….r yo sabai kshetra lagu hunu parne ho….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here