बाढी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमण र सर्पदंशको जोखिम बढ्दो

0
1200

काठमाडौं,

लगातार वर्षासँगै आएको बाढीका कारण प्रदेश दुईका जिल्लाहरूमा पानीजन्य संक्रमणको उच्च जोखिम रहेको पाइएको छ।

बाढी प्रभावित प्रदेश २ का चार जिल्ला पानीजन्य संक्रमणको उच्च जोखिममा देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपतकालीन तथा विपद् ब्यवस्थापन इकाई प्रमुख चुडामणि भण्डारीले बताए।

बाढीका कारण प्रभावित रौतहट, सप्तरी, महोत्तरी र सर्लाहीमा महामारीको जोखिम रहेको खाने, बस्ने सबै ठाउँमा पानी जमेकाले घरपालुवा जनावर र मान्छे एकै स्थानमा बस्नुपर्ने अवस्थाका कारण पनि महामारीको संक्रमण बढ्ने जोखिम रहेको भण्डारीले बताए।

उनले भने, ‘पानी जन्य संक्रमणका साथै बाढीमा परेर मरेका जनावरका कारण महामारी फैलिने सम्भवना रहेको रिपोटिङ हामीलाई आइरेको छ। जसले गर्दा हामीले उच्च सतर्कता अपनाउँदैछौँ।‘ सोही अवस्थालाई मध्यनजर गर्दै केन्द्रले चिकित्सक सहितको थप दुई टोली त्यसतर्फ पठाइएको समेत भण्डारीले बताए।

दोस्रो पटक गएको टोलीले प्रदेश र स्थानीय तहको समन्वयमा पठाइएको टोलीले अवस्था हेरेर उपचारमा सहयोग गर्ने समेत भण्डारीले बताए। सर्पदंशका घटना बढ्न थाले यसैबीच बाढीपछि बाढी प्रभावित  जिल्लाहरूमा सर्पदंशका घटना बढ्न थालेका छन्। सर्पले डसेपछि तुरुन्त नजिकको स्वास्थ्यचौकी, अस्पताल जान पनि उनीहरूले आग्रह गरेका छन्।

११ जनाको टोली गठन बाढीपहिरोका कारण हुन सक्ने स्वास्थ्य समस्याबाट बच्न स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्न टोली नै गठन गरिसकेको छ।

केन्द्रमा ४ र एक एकजना गरी सातै प्रदेशमा ७ जना रहने गरी मन्त्रालयले ११ जनाको टोली नै गठन गरेको हो।अन्य प्रदेशमा भने स्वास्थ्यसम्बन्धी खासै समस्या नदेखिएको तोकिएका समेत इकाइ प्रमुख भण्डारीले बताए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here