मोरङ र सुनसरीमा करेन्ट लागेर दुईको मृत्यु

0
600

विराटनगर ।

मोरङ र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा रहेको जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० वर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको हो।

गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको बिग्रिएको होडिङ बोर्ड मर्मत गर्ने क्रममा करेन्ट लागेर कार्की घाइते भएका थिए। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार घाइतेको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्युभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका ८ का १८ वर्षीय अजय मेहताको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here