मालवाहक सवारी साधन थन्काएर देशभरका व्यवसायी आन्दोलनमा

१ श्रावण २०७६, बुधबार मा प्रकाशित

बारा ।

यातायात व्यवसायीले मालवाहक सवारी साधन थन्काएर आन्दोलन सुरु गरेका छन् ।

राजस्व विभागले चुहावट रोक्नका लागि आजदेखि कार्यान्वयनमा ल्याएको मालवाहक सवारी साधनमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोध गर्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

त्यसैगरी ढुवानी भाडामा भ्याट प्रभावकारी नरहेको भन्दै व्यवसायीले सरकारलाई दवाव दिन सवारी साधन थन्क्याएर देशभर सामान ओसार पसार ठप्प पारेका हुन् ।

आर्थिक अपराध र सामान तस्करी रोकिने बहानामा मालवाहकप्रति राजस्व थोपर्ने, प्राविधिक झमेलामा पार्ने काम सरकारले गरेको भन्दै यातायात तथा ढुवानी व्यवसायी एवं मजदुर संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।

देशभरका १५ जना यातायात अगुवा ब्यवसायीहरु मिलेर बनाएको संघर्ष समितिले सरकारसँग ६ बुँदे माग राखेको छ ।-इमेजखरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here