झापामा एक बालकसहित दुई अझै बेपत्ता

२ श्रावण २०७६, बिहीबार मा प्रकाशित

भद्रपुर।

खोलाले बगाउँदा झापामा एक बालकसहित दुई जना बेपत्ता भएका छन् । खोलाले बगाएको उनीहरुको अहिलेसम्म अत्तोपत्तो छैन ।

बेपत्ता भएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका –३ स्थित प्रतिमा चोक पूर्वमा रहेको अन्धुवा खोलाले बगाउँदा मंगलबार दिउँसो १२ वर्षीय एक बालक बेपत्ता भएका थिए ।

साथीहरुसँग पौडी खेल्न गएका सोही गाउँपालिका –३ बस्ने १२ वर्षीय बालक बिजय खड्कालाई पनि खोलाले बगाउँदा बेपत्ता भएका हुन् । खोलामा पौडी खेल्न गएका सबै साथीहरु फर्किए पनि बिजय नफर्किएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले बालकको मंगलबारदेखि नै खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । उनका अनुसार खोलाको डिलमा बालकले लगाएको कपडा र चप्पल फेला परेको छ ।

यता असार २७ गते हडिया खोलाले बगाउँदा मेचीनगर नगरपालिका –१४ स्थित दुवागढी बस्ने ४५ वर्षीय सुकुल हस्दा अझै फेला परेका छैनन् । भद्रपुर नगरपालिका – ९ प्रणामी नगर फूलबासास्थित हडिया खोला तर्ने क्रममा हस्दालाई खोलाले बगाएको थियो ।

बेपत्ता भएका हस्दाको खोजी कार्य भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । ६ दिनदेखि बेपत्ता भएका हस्दाको शव फेला नपर्दा प्रहरीलाई समस्या भइरहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here