जेसीज सप्ताहमा सात तालिम

२ श्रावण २०७६, बिहीबार मा प्रकाशित

काँकरभिट्टा।

झापाको मेचीनगरमा बुधबारदेखि जेसीज सप्ताह शुरु भएको छ । सोही अवसरमा मेचीनगर लेडी जेसीजले साताव्यापी कार्यक्रम शुरु गरेको छ । संस्थाकी अध्यक्ष मञ्जु भण्डारी खनालका अनुसार मेचीनगर लेडी जेसीजले सात दिनसम्म विभिन्न प्रकारका तालिम आयोजना गरी सप्ताह मनाउन लागिएको हो ।

आदर्श माध्यमिक विद्यालय इँटाभट्टाको सभाहलमा शुरु भएको सप्ताहको प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त एकराज गिरीले विधिवत् उद्घाटन गरेका थिए । उनले जेसीज आफूभित्र रहेको प्रतिभा र क्षमता बाहिर ल्याउने हरेक मानिसहरुको साझा फोरम भएको बताए ।

तालिममा सिकेको सीप व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै सहभागीहरुलाई यो अवसरको सदुपयोग गर्न समेत आयुक्त गिरीले अनुरोध गरे । विशिष्ट अतिथि नेपाल जेसीज क्षेत्र ‘क’ उपकरण निर्देशक अजय देव, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष भण्डारीले उद्घाटन सत्रको सभापतित्व गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । उनले नेतृत्व विकासका विषयमा लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्माले, माइन्युट लेखनमा मिलनकुमार ढुंगानाले, तनाव व्यवस्थापनका विषयमा राजकुमार साहले, संसदीय बैठक प्रणलीका विषयमा लक्ष्मी राईले, दिगो विकासको लक्ष्य तथा नेतृत्व विकासका विषयमा विजय तिम्सिनाले, उत्प्रेरणाका विषयमा जय तिम्सिनाले र भाषण कलाका विषयमा शोभा श्रेष्ठले सहजीकरण गर्ने जानकारी दिइन् ।

संस्थाकी महासचिव गीता ओझाले सञ्चालन गरेको उद्घाटन सत्रमा स्वागत तालिम संयोजक रश्मी थापाले आस्था वाचन उपाध्यक्ष अनिता गुगराईँले गरेकी थिइन् । संस्थाकी मूल संयोजक सीता पुरीका अनुसार सबै तालिम मेचीनगरका विभिन्न वडामा हुने छन् । तालिममा नगरभित्रका ५० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here