साहित्य चौतारीको वार्षिकोत्सवमा कला सम्मान

0
656

बिर्तामोड।

साहित्य चौतारी झापाको २०औं वार्षिकोत्सव तथा २०६औं भानुजयन्तीका अवसरमा दुई जना कलाकार सम्मानित र छ जना कलाकार पुरस्कृत भएका छन् ।

झापाको बिर्तामोडस्थित साहित्य चौतारीको सभाहलमा भएको कार्यक्रममा कलाकारद्वय मूर्तिकलाकार केडी देवानलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो भने हाँस्यव्यंग्य कलाकार गोकुल राजवंशीलाई धर्मपत्नी रुपदो राजवंशीका माध्यमले (मरणोप्रन्त) सम्मानित भएका हुन् ।

त्यस्तै भीमबाहदुर–पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा कला पुरस्कारद्वारा चित्रकार योगेन्द्र अधिकारी ११ हजार नगद, डिकमान विरही स्मृति साहित्य चौतारी कलासम्मान पुरस्कार अभिनयतर्फ लवकुश गौतम ११ हजार नगदसहित, जेवी आले स्मृति फोटोग्राफी साहित्य चौतारी फोटोग्राफर विक्रम नाल्बो सुब्बा पाँच हजार एक सय नगदसहित, धनमाया जगन्नाथ विमली स्मृति साहित्य चौतारी नवप्रतिभा कला पुरस्कार लिसारा थापामगर पाँच हजार एक सय नगद सहित पुरस्कृत गरिएको चौतारीका अध्यक्ष टंक विकल्पले बताए ।

त्यसैगरी रोशनी लिम्बू र बबिता दर्नाललाई रु. दुई हजार एक सयका दरले प्रोत्साहन पुरस्कारद्वारा पुरस्कृत गरिएको सचिव दिलीप घिमिरेले जानकारी दिए । धनमाया जगन्नाथ विमली स्मृति नव प्रतिभा कला पुरस्कारका लागि गत असार १४ गते लिइएको छनौट प्रतियोगिताबाट उत्कृष्ट तीन छनौट गरेर फाइनल प्रतियोगिताबाट लिसारा उत्कृट बनेकी थिइन् । दुई जनालाई प्रोत्सहान पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा झापाभरका नृत्य प्रशिक्षण केन्द्रले सहभागिता जनाएका थिए । कार्यक्रममा झापा कलाकार संघका अध्यक्ष एलसी श्रेष्ठ र महासचिव राजु लावतीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । साहित्य चौतारीका अध्यक्ष विकल्पको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कला प्राज्ञ जीवनाथ पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, प्राज्ञ सुभद्रा भट्टराईले मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष शिवशंकर थापा, प्राज्ञ यज्ञराज प्रसाई, साहित्यकार तेराख, छविलाल खतिवडा, बुद्धशान्ति साहित्य प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्याल, साहित्यकार जय भण्डारी, अभागी धेगुवा, संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा गुरुकूल संगीत विद्यालयको तर्फबाट स्वागत गान, अग्रज संगीतकार हरि पौड्याल र साथीहरुबाट भानुभक्त बन्दना गाइएको थियो भने विवश बलिभद्र कोइराला, हरि पराजुली, प्रकाश न्यौपाने, दुष्यन्त भट्टराई, मिना अधिकारी, टीका नेपाल लगायतले रचना बाचन गरेका थिए ।

संस्थाका कला उपाध्यक्ष हिम्मत नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलीप घिमिरे र सहसचिव खगिन्द्रा खुशीले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा भवानी गौतम, देवीचरण भण्डारी, बिमला चिमरिया, सेलिङ केसी, दीपक रायमाझीले सम्मानित ब्यक्तिहरुको सम्मानपत्र बाचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here