इटहरीमा केटी फकाउँने कन्सल्टेन्सी सञ्चालक पक्राउ

२ श्रावण २०७६, बिहीबार मा प्रकाशित

इटहरी ।

सामाजिक सञ्जाल फेसबुकले मानिसको जीवनशैलीलाई सहज मात्र बनाएको छैन, रुवाउँदै हिंडाउने समेत बनाएको उदाहरण हाम्रै गाउँघरमा देख्न सकिन्छ ।

यस्तै घट्ना भयो इटहरीमा । इमोमा साथी बनि नजिकएका व्यक्तिले भेट्न बोलाई दुब्र्यवहार गरे पछि प्रहरी खोरमा पुगे सुनसरी हरिनगरा १ का २५ बर्षिय कन्टल्टेन्सी सञ्चालक अनम अन्सारी ।

सुनसरी हरिनगर १ का २५ बर्षिय कन्टल्टेन्सी सञ्चालक अमन अन्सारीले सामाजिक सञ्जाल इमो मार्फत विराटनगरकी लक्ष्मी शाह सँग इमोमा सम्पर्क भयो । लामो समय गफिए एक आपसमा फोटो समेत साटासट भयो । राम्रो जागिर लगाईदिने भन्दै अन्सारीले शाहलाई बोलाएर दुब्र्यवहार गरे पछि अन्सारीलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो ।

इमो हुदै नजिकिएका अन्सारीले आफु विवाह गर्न समेत तयार रहेको भन्दै भेट्न बोलाएर दुब्र्यवहार गरेको भन्दै शाहले प्रहरीमा उजुरी हालेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले भने । केटाले जागिर लगाईदिन्छु भन्दै दुब्र्यवहार गरे पछि केटी पक्षका आफन्तले अन्सारीलाई इटहरी बोलाए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर चौलागाई भन्छन् अन्सारी पक्राउ गरी अबद्र ब्यवहारमा मुद्धा दायर गरेका छौ । पछिल्लो समयमा फेसबुकमा साथी बनेको मान्छेको झट्ट विश्वास गर्दा समस्या हुने गरेको भन्दै प्रहरीले यस्तो विषयमा सचेत रहन सर्वसाधरणलाई आग्रह समेत गरेको छ । सामाजिक सञ्जालमा बिभिन्न प्रलोभन आउँने गरेको भन्दै यस्तो कुरामा विश्वास नगर्न प्रहरीले आग्रह गरेको हो ।

फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल अहिले नेपाली युवामाझ लोकप्रिय छन् । आफ्ना साथीसंगीसँग सम्बन्ध बनाइराख्न, कुनै घटनाबारे विचार व्यक्त गर्न र आफ्ना गतिविधि जानकारी गराउन सामाजिक सञ्जालको बढी प्रयोग हुने गरेको सञ्चारपाटी अनलाइनले समाचार प्रकाशन गरेको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here