शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ सार्वजनिक (भिडियो)

२ श्रावण २०७६, बिहीबार मा प्रकाशित

अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोल रहेको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी)बनेका छन् । राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ ।

भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here