सुरुङ्गाका युवालाई राष्ट्रिय उद्यमी पुरस्कार


२ श्रावण २०७६, बिहीबार ११:३० मा प्रकासित
  • 87
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

सुरुङ्गा ।

Advertisement

कनकाई नगरपालिका–२ सुरुङ्गाका युवा दीपक चापागाईलाई नेपाल सरकारले राष्ट्रिय उद्यमी युवा पुरस्कार प्रदान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्ने ६ जनालाई राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरेको हो । विदेशमा सिकेको सीप, पुँजीलाई सदुपयोग गरी उद्यम गर्नेहरूमध्येबाट छनोट गरी पुरस्कृत गरिएको हो ।

वैदेशिक रोजगारबाट फर्किई मुलुकमा रोजगारीमूलक उद्यम व्यवसायमा संलग्न भएकोमा चापागाईलाई उक्त सम्मान गरिएको हो । सो पुरस्कार प्राप्त गर्ने चापागाई प्रदेश नं. १ मा एक्ला व्यवसायी हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सभाहलमा आयोजित विशेष कार्यक्रमका वीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोही मन्त्रालयका सचिव महेशप्रसाद दाहालको उपस्थितिमा सम्मानपत्रसहित ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । ४ वर्ष १० महिना दक्षिण कोरियामा काम गरी स्वदेश फर्केपछि कनकाई नगरपालिका–१ जामुनाबारीमा तारबाट काँटी बनाउने डायमण्ड स्टील उद्योग शुरु गरेका थिए ।

३८ वर्षीय चापागाई विदेश जानु नराम्रो नभए पनि स्वदेशमा पनि केही गर्न सकिन्छ र मुलुकमा व्यवसाय गर्ने प्रशस्त सम्भावना रहेको बताउँछन् । स्वरोजगार पनि हुने र अन्य बेराजगार युवालाई पनि रोजगार दिन सकिने भएकाले आफ्नै मातृभूमिमा रहेर मेहिनेत गर्न उनले सबै युवालाई अनुरोध गरे ।

‘सुरुङ्गामै फलामका काटी, नट, बोल्ट, रड, स्टिल वनाउने उद्योगको साथै कवाडीबाट सामान उत्पादान र फोहोरबाट ग्यास उत्पादन कार्य शुरु भइसकेको छ,’ दीपकले भने,‘१७ जनालाई रोजगारी दिएको छु । हामीले स्थानीय स्तरमा फोहोर व्यवस्थापनको लागि नगरपालिकासँग मिलेर काम गरिरहेका छौं ।’

सो अवसरमा निजगढ बारास्थित कान्तिपुर पोल्ट्री ब्रिड्स फर्मका सञ्चालक नवराज पौड्याललाई १ लाख रुपैयाँको उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरिएको थियो । त्यसै गरी, मैत्रीमंगल आधुनिक कृषि फर्म नागार्जुन–६ काठमाण्डौका सञ्चालकद्वय निरबहादुर राउत र एकबहादुर स्याङताङ, फिट्स बेल्ट गार्मेन्ट उद्योग मकवानपुर हेटौडाका सञ्चलक मनोजकुमार भारती, रामलक्ष्मण अर्गानिक कृषि फर्म काठमाण्डौकी सञ्चालक शर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योग धनगढी कैलालीका सञ्चालक त्रिलोक पनेरुलाई ५०÷५० हजार नगदसहित राष्ट्रिय उद्यमी युवा पुरस्कारबाट सम्मान गरिएको थियो ।

सम्मान प्रदान गर्दै मन्त्री विष्टले मुलुकमा रोजगार सृजना गर्न र एदोग–व्यवसाय गर्न उपयुक्त अवसर रहेकाले युवाहरुको विदेश पलायनको क्रमलाई न्यूनीकरण गर्न स्वयम् युवाहरु नै उद्योग व्यवसायमा लाग्नुपर्ने र त्यसका लागि नेपाल सरकार सहयोग गर्न तयार रहेको बताएका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्