के गर्दैछिन बजरंगी भाइजानकी मुन्नी

२ श्रावण २०७६, बिहीबार मा प्रकाशित

एजेन्सी ।

बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जुटेकी छिन् ।

हर्षाली मल्होत्राले विभिन्न समयमा बलिउडको विषयमा आफ्नो महत्वाकांक्षालाई व्यक्त गरिसकेकी छिन् । उनी ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहन्छिन् । हर्षाली मल्होत्रा एक बालकलाकार हुन् जसले फिल्म ‘बजरंगी भाइजान’ मार्फत् पहिचान पाएकी थिइन् ।

अहिले उनी ११ वर्षको भइसकेकी छिन् । बजरंगी भाइजान हर्षाली मल्होत्राको पहिलो फिल्म थियो । यो फिल्ममा हर्षालीले मुन्नीको भूमिका निभाएकी थिइन् । यो भूमिकाका कारण मुन्नीलाई निकै रुचाइएको थियो ।

मुन्नी अहिले आफ्नो पढाईमा व्यस्त छिन् । हर्षाली अहिले निकै सानी छिन् त्यसकारण उनी आफ्नो सोसल मिडिया अकाउन्ट चलाउँदिनन् ।

उनको अकाउन्ट उनकी आमाले चलाउँछिन् । हर्षालीले कृति सेननसँग विज्ञापन गरेर करियर सुरु गरेकी थिइन् । हर्षालीले नायकमा सलमान खान र नायिकामा कट्रिना कैफ मनपर्ने बताउने गरेकी छिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here