इप्रकामा अब चिल्ड्रेन कर्नर र अनुसन्धानकक्ष पनि

४ श्रावण २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड ।

इलाका प्रहरी कार्यालय अनारमनीलाई बाल मैत्री बनाइएको छ ।

१ नं. प्रदेश सरकारले अघि सारेको नमूना प्रहरी कार्यालय बनाउने योजना अनुसार विनियोजित वजेटबाट इलाका प्रहरी कार्यालय अनारमनीलाई बालमैत्री बनाइएको हो ।

चार लाख रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय परिसरमा चिल्ड्रेन कर्नर निर्माण गरिएको र कर्नरको उद्द्दाटन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गरेका छन् ।

सेवाग्राहीका वालवालिका, पीडित वालवालिका, प्रहरी कर्मचारीका वालवालिका तथा प्रहरी कार्यालयमा आउने अन्य जुनसुकै वालवालिकाले प्रयोग गर्न पाउने व्यवस्था गरिएको बताइएको छ ।

त्यस्तै कार्यालयमा सात लाख रुपैयाँको लागतमा अनुसन्धानात्मक अन्तरवार्ता कक्ष समेत तयार पारिएको छ । जसको समेत उद्घाटन प्रहरी उपरीक्षक मैनालीले गरेका छन् ।

विभिन्न मुद्धामा पक्राउ परेका अभियुक्त, प्रतिवादी तथा पीडित र साक्षी समेतलाई सोधपुछ गर्ने उपयुक्त कक्ष नभएकोले सोधपुछ गर्न कठिनाई भइरहेकोले यस्तो कक्ष तयार गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

अनुसन्धानकक्षमा साउण्ड प्रुरुफिङ, रेकर्डिङ, सीसी क्यामेरा, एसी समेत जडान गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here