ब्यवसायीद्धारा बन्दको अवज्ञा, बजार खुल्ला सवारी सञ्चालनमा: बन्दको अवज्ञा गरेको भन्दै झापामा बस तोडफोड

४ श्रावण २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड।

नेपाल आदिवासी जनजाती महासंघ झापाले आवाहान गरेको बन्दको अवज्ञा गरेको भन्दै पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड – १० वुट्टवारी नजिकै आज यात्रुवाहक बस तोडफोड भएको छ ।

संविधानले व्यवस्था गरेको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको भन्दै महासंघ झापाले प्रदेश नं १ मा आज बन्दको घोषणा गरेको थियो । सो क्रममा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख २७९५ नम्वरको सूर्योदय यातायातको बस तोडफोड भएको हो । तीन वटा मोटरसाइकलमा माक्स लगाएर आएका युवाको समूहले बसमा ढुङ्गा प्रहार गरेको स्थानीयले बताएका छन् ।

लोकसेवा आयोगले स्थानीय तह र प्रदेशका लागि ९ हजार एकसय २६ जना निजामती कर्मचारीका लागि आव्हान गरेको विज्ञापनमा आरक्षण ४५ प्रतिशत हुनु पर्नेमा २३ प्रतिशत मात्र राखिएको प्रति महासंघले आपत्ति जनाउँदै प्रदेश बन्दको आव्हान गरेको हो ।

शुक्रवार साँझ मात्रै महासंघले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै वन्दको कार्यक्रम सार्वजनिक गरेको थियो ।
महासंघले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रवार वेलुका बिर्तामोडको मुक्तिचोकमा पुत्ला दहन समेत गरेका थिए ।

यसैबीच झापासहित पूर्वका ब्यवसायीहरुले बन्दको अवज्ञा गरेका छन् । झापामा बिहान बन्दको समान्य प्रभाव देखिएपनि दिँउसोदेखि निर्वाध रुपमा सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बन्द कर्ता कतै देखानपरेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here