लक्ष्मीको स्थापना दिवसमा सम्मान

0
746

बिर्तामोड।

औपचारिक कार्यक्रम गर्दा सामान्यतया अध्यक्ष, प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिहरु राखिन्छ । तर, शुक्रबार बिर्तामोडमा भने कार्यक्रमका लागि न सभापति न प्रमुख अतिथि न त अन्य अतिथि नै राखियो ।

आएका सबै आगन्तुकलाई एकमुष्ट अतिथिको रुपमा सम्बोधन गर्दै लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले आफ्नो २४औं स्थापना दिवस मनाएको छ । भिन्न ढंगले स्थापना दिवस मनाएको सहकारीले संस्थाका संस्थापक छ जना सदस्यलाई जनही पाँच हजारका दरले सामाजिक सुरक्षा भत्ता स्वरुप रकम प्रदान गर्दै सम्मान ग¥यो ।

कार्यक्रममा सम्मानितलाई न प्रमुख अतिथिले सम्मान गरे न त अन्य अतिथिले नै । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतले संस्थापक अध्यक्ष दिनेश मल्ललाई सम्मान गरे सँगै मल्लले अन्य सदस्यलाई सम्मान गरेका थिए । फरक ढंगले मनाइएको कार्यक्रममा संस्थाको औचित्यमाथि न प्रकाश नै पारियो न त आगन्तुक अतिथिलाई स्वागत नै गरियो

औपचारिक कार्यक्रम कै रुप दिए पनि सहकारीले सबैलाई एकमुष्ट अतिथि राखेर कार्यक्रम गरेको देख्दा निक्कै अनौठो भने आभाष हुन्थ्यो । तर, सहकारीको विषयमा संस्थापक सचिव डा. रुपकप्रसाद खनालले जानकारी गराएका थिए । २४ वर्षअघि साउन ३ गते बुधबारका दिन संस्था स्थापना भएको र कठिन अवस्था पार गर्दै अहिलेको अवस्थासम्म सहकारी आइपुगेको उनले बताए । संस्था नाफामा भन्दा सेवामा बढी केन्द्रीत रहेको बताउँदै संस्थापक अध्यक्ष मल्लले अन्य सहकारीको जस्तो नाफाको दौडमा लक्ष्मी बहुउद्देश्यीय नदगुरेको प्रष्ट्याए ।

स्थापना कालदेखि नै सक्रिय सहभागिता जनाउँदै सहकारीलाई यो अवस्थासम्म ल्याएको भन्दै संस्थाका तीर्थराज मिश्र, चन्द्रकुमार राजभण्डारी, सुशीला राजभण्डारी, दिनेश मल्ल, नरदेवी मल्ल र डिकबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

७० वर्षमाथिका उनीहरुलाई सम्मान गरिए पनि १५ वर्षदेखि निरन्तर सहकारीमा आबद्ध सबै ज्येष्ठ सहकारीका सदस्यलाई सामाजिक भत्ता स्वरुप पाँच–पाँच हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा संस्थाका शेयर सदस्य शेखर ढकाल, नारायणकुमार श्रेष्ठ, सन्देश मल्ल लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here