झापा र इलाममा चट्याङ लागेर चार जना घाइते

0
949

झापा ।

चट्याङले हानेर झापा र इलाममा ४ जना घाइते भएका छन् ।

शुक्रवार साँझ साढे ६ बजे इलामको चुलाचुली गाउँपालिका–३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ ।

त्यसैगरी, झापाको बाह्रदशी गाउँपालिका–६ का २६ वर्षीया सुनिता मुर्मु, ४५ वर्षीया माइन सोरेन र ३४ वर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले हानेर घाईते भएका हुन् ।

घाइतेहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here