टिकाराम असार महिनाको सर्वोत्कृष्ट प्रहरी

0
447

झापा।

जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा यस १ नं. प्रदेश अन्तर्गत संखुवासभा जिल्लामा घटेका संगठित अपराध, हातहतियार तथा खरखजाना, बिष्फोटक पदार्थ जस्ता जघन्य प्रकृतिका अपराधहरुको गहन विश्लेषण, सफल अनुसन्धान तथा उच्च मनोबल र साहसका साथ अपराधिक गतिबिधिमा संलग्न अभियुक्त एवम् ठूलो परिमाणमा आधुनिक हातहतियार समेत पक्राउ गरी कानूनी दायरामा ल्याई आम नागरिकहरु समक्ष सुरक्षाको अनुभूती दिलाई प्रहरी संगठनको छवि उच्च बनाई प्रशंसनिय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवारलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here