खड्का परिवारलाई जनप्रतिनिधिको आर्थिक सहयोग

0
939

बिर्तामोड ।

छोरालाई बाढीले बगाएपछि काजकिरियाका लागि समेत आर्थिक अभावका कारण समस्या भएपछि केदार खड्काको परिवारलाई सहयोग गरिएको छ ।

लक्ष्मी निरौला अधिकारीले बाह्रदशी–३ राजगढका खड्काको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । उनी सोही वडाकी जनप्रतिनिधि हुन् । ‘काजकिरियाका लागि पैसा नै रहेछन’ –उनले भनिन्– ‘सुन्दै दुःख लाग्य अनि आफैले तत्काल सात हजार रुपैयाँ सहयोग गरे ।’

खड्काका १२ वर्षीय छोरा विजयलाई अन्दुवा खोलमा अँएको बाढीले असार ३१ गते मंगलबार बगाएर बेपत्ता बनाएको थियो । बिहीबार मात्रै उनको शव फेला परेको थियो । बाढीले बगाएर झण्डै उनको शव तीन किलोमिटर तल पुर्याएको थियो ।

खोटाङबाट सात महिनाअघि बसाई आएको खुड्काको परिवार स्थानीय लक्ष्मीप्रसाद मिश्रको घरमा बस्दै आएको बताइन्छ । ‘जन, मजदुरी गरेर परिवार पाल्दै आएको खड्का परिवारलाई सहयोग आवश्यक देखे’ –लक्ष्मीले भनिन्– ‘सहयोग गर्न जाँदा घरको बिजोग देखेर पार्टीको तर्फबाट समेत सहयोग गर्ने निर्णय गरेकी छु ।’

नेपाली कांग्रेसमा आबद्ध उनले वीपी स्मृतिका दिन पार्टीका कार्यकर्तासँग सहयोग जुटाएर सहयोग रकम प्रदान गर्ने बताएकी छिन् । ‘घरमा ओड्ने, ओछ्याउने र खानेकुारको समेत अभाव रहेछ ।’ –लक्ष्मीले भनिन्– ‘सहयोगी मनलाई खड्का परिवारलाई सहयोग गरिदिन समेत आग्रह गर्छु ।’ खड्काका तीन छोरा र दुई छोरी छन् । मृतक खड्काका चार छोरामध्ये कान्छा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here