नमूना वनको खाली जमिनमा वृक्षारोपण

0
1362

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९मा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहको खाली जमिनमा शनिबार वृक्षारोपण गरिएको छ ।

समूहका अध्यक्ष भानु श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हिमराज सेढाईंले रुद्राक्षको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

समूहको वन अन्र्तगत ब्लक नम्बर १ र २को खाली जमिनमा एक हजार वटा रुद्राक्षको विरुवा, चार सय वटा आँपको विरुवा, चार सय वटा लिचीको विरुवा र तीन सय वटा निमको विरुवा रोपिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

समूहअन्र्तगत रहेको नमूना महिला समूह, वन जोगाऔं महिला समूह, वन कल्याण महिला समूहलगायतको समन्वयमा वृक्षारोपण गरिएको हो । रोपिएको विरुवाको संरक्षण गर्न तत्काल एक जना हेरालुको नियुक्ती गर्ने र वन क्षेत्र घेरावाराको लागि सम्बन्धित निकायमा पहल भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

समूहका उपाध्यक्ष सूर्यप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालयका प्रतिनिधि वनरक्षक धनपती अधिकारी, राष्ट्रिय संरक्षण युवा मञ्चका अध्यक्ष रञ्जन देवकोटा, समूह अनुगमन समितिका संयोजक पदमबहादुर मगरलगायतको आतिथ्या रहको थियो । उक्त विरुवाहरु अर्जुनधारा नगरपालिकाको सहयोगबाट उपलब्ध भएको समूहका सदस्य एवम् कार्यक्रम सञ्चालक सन्तकुमार राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here